रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तु र फेमिली डेन्टलको संयुक्त आयोजनामा निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न

बिष्णु खरेल, जनहित अनलाइन । रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तु र फेमिली डेन्टल केयर सेन्टर प्रा.लि., बाणगङ्गा–४ चारनम्बर कपिलवस्तुको संयुक्त आयोजनामा चिल्ड्रेन प्याराडाइज इङ्लिस बोर्डिङ स्कुल, बाणगङ्गा–८ बोडगाउँमा शनिबार निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ । समुदायमा दन्त स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने तथा विद्यार्थी र अभिभावकलाई समयमै दन्त समस्याको पहिचान गरी उपचारमा पहुँच पुर्‍याउने […]

गाउँ–टोलमै गुणस्तरीय ट्युसन सेवा सञ्चालन, अब ट्युसनका लागि टाढा जानुपर्ने बाध्यता हट्ने

जनहित अनलाइन, कपिलवस्तु । विद्यार्थीलाई सहज रूपमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यका साथ गाउँ–टोलमै ट्युसन सेवा सञ्चालन गरिने भएको छ। अब १५ देखि २० जना विद्यार्थी भएको स्थानमै अनुभवी तथा दक्ष शिक्षकद्वारा नियमित ट्युसन कक्षा सञ्चालन गरिने जनाइएको छ। ट्युसन कक्षामा विद्यार्थीको सिकाइ स्तरअनुसार विशेष ध्यान दिइने, नियमित होमवर्क, परीक्षा तथा उत्कृष्ट नतिजामा जोड दिइने […]

मंसिर १७ देखि २९ सम्म १७औँ कपिलवस्तु महोत्सव, तयारी औपचारिक रूपमा सुरु

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघले यस वर्षको १७औँ कपिलवस्तु महोत्सव आगामी मंसिर १७ गतेदेखि २९ गतेसम्म आयोजना गर्ने भएको छ। बाणगंगा नगरपालिकास्थित बुद्धरंगशालामा सञ्चालन हुने महोत्सवको तयारीलाई संघले औपचारिक रूपमा अघि बढाएको हो। शुक्रबार संघको सभाहलमा बसेको कार्यसमिति बैठकले महोत्सव आयोजना गर्ने निर्णय गर्दै आवश्यक तयारी प्रक्रिया सुरु गर्ने निष्कर्ष निकालेको हो। […]

वर्षौदेखिका कुल २ सय ७८ वटा मुद्दा फर्छ्योट गर्न सफल कपिलवस्तु अदालत

कपिलवस्तु । जेन्जी आन्दोलनका क्रममा अदालतमा आगजनी भएर अभिलेखमा ठूलो क्षति पुगेको तथा निर्वाचनका कारण काम प्रभावित भएको अवस्थामा पनि कपिलवस्तु जिल्ला अदालतले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। अदालतले वर्षौदेखि विचाराधीन रहेका दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्योट गर्न सफल भएको हो । अदालतको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार दुई वर्षभन्दा पुराना कुल २ […]

रूपन्देहीकाे रोहिणी खोलामा फसेका चार जनाको सकुशल उद्धार

रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० र १२ नम्बर वडाको सिमानामा रहेको रोहिणी खोलामा माछा मार्ने क्रममा बीच खोलामा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ। आइतबार तीन पुरुष र एक महिला खोलाको बीचमा फसेको सूचना प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोली परिचालन गरिएको थियो। प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको नेपाल प्रहरी […]

बाणगंगा नगरपालिकाः लक्ष्य भन्दा झण्डै दोब्बर राजस्व संकलन, वडा नं. ८ सबैभन्दा बढी

कपिलवस्तु । बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक राजस्व संकलनमा उल्लेखनीय सफलता हासिल गरेको छ । नगरपालिकाले निर्धारण गरिएको लक्ष्यभन्दा झण्डै दोब्बर राजस्व संकलन गर्दै वित्तीय व्यवस्थापनमा सकारात्मक उपलब्धि हासिल गरेको हो । नगरपालिकाका राजस्व शाखा प्रमुख मदनप्रसाद घिमिरेका अनुसार आर्थिक वर्ष २०८२ साउन १ गतेदेखि २०८३ असार मसान्तसम्म नगरपालिकाले १७ करोड ८७ लाख ७९ […]

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेसका मन्त्री फिर्ता नहुने

भैरहवा । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने भएका छन् । केन्द्रमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारबाट बाहिरिने विषय उठे पनि प्रदेश संसदीय दलले थप परामर्शपछि मात्रै ठोस निर्णय गर्ने जनाएको छ । कांग्रेस संसदीय दलले सरकारमा सहभागी मन्त्री, प्रमुख सचेतक र सचेतकसँग संयुक्त छलफल गरेर मात्र औपचारिक निर्णय गर्ने तयारी गरेको छ । प्रदेश संसदीय […]

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अझै ठप्प

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन। पाल्पा–अर्घाखाँची सिमाना नजिक पाणिनि गाउँपालिका क्षेत्रमा पर्ने ढुङ्ग्रेखोला सडकखण्डमा लगातारको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो। गत असार २८ गते सडकमाथिबाट ठूलो ढुङ्गा खसेपछि सडक पूर्ण रूपमा बन्द भएको थियो। खसेको ढुङ्गा अत्यन्त ठूलो भएकाले तत्काल हटाउन नसकिएपछि सडक लामो समयदेखि अवरुद्ध रहँदै आएको छ। […]

ग्यालेक्सी युथ क्लबः पौडेल परिवारलाइ १९ हजार बढी आर्थिक सहयोग

जनहित अनलाइन, कपिलवस्तु । गम्भीर स्वास्थ्य समस्याका कारण अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिरहेको बाणगंगा–८ स्थित पौडेल परिवारलाई ग्यालेक्सी युथ क्लबले आर्थिक सहयोग प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आज उक्त परिवारलाई १९ हजार ८ सय ८ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको क्लबका अध्यक्ष अमृत गिरीले जनहित अनलाइन सङ्ग बताएका छन । उक्त परिवारका श्रीमान् मिर्गौला […]

असारको अन्त्य सम्म कपिलवस्तुमा ६१ प्रतिशत मात्र रोपाइँ

चेतन विष्ट, कपिलवस्तु । बिउ राख्ने समयमा प्रयाप्त पानी नपर्दा बिउ राख्नै ढिला भयो । त्यति मात्र हैन बिउ समयमा रोप्नको लागि तयार नुहँदा समयमा रोपाई पनि हुन सकेन । यस्ता विभिन्न कारणले अहिले कपिलवस्तुमा धान रोपाइँ प्रभावित बन्न पुग्यो । कतै खेत जोत्न तयार भए पनि रोप्ने पानी पुगेन, कतै बिउ राखेको खेत नै […]