गाउँ–टोलमै गुणस्तरीय ट्युसन सेवा सञ्चालन, अब ट्युसनका लागि टाढा जानुपर्ने बाध्यता हट्ने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । विद्यार्थीलाई सहज रूपमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यका साथ गाउँ–टोलमै ट्युसन सेवा सञ्चालन गरिने भएको छ। अब १५ देखि २० जना विद्यार्थी भएको स्थानमै अनुभवी तथा दक्ष शिक्षकद्वारा नियमित ट्युसन कक्षा सञ्चालन गरिने जनाइएको छ।

ट्युसन कक्षामा विद्यार्थीको सिकाइ स्तरअनुसार विशेष ध्यान दिइने, नियमित होमवर्क, परीक्षा तथा उत्कृष्ट नतिजामा जोड दिइने आयोजकले बताएका छन्।सेवाअन्तर्गत कक्षा ३ देखि ७ सम्मका विद्यार्थीका लागि सबै विषयको मासिक शुल्क रु। १,२०० निर्धारण गरिएको छ। त्यसैगरी कक्षा ८ का विद्यार्थीका लागि विज्ञान र गणित विषयको मासिक शुल्क रु। १,००० तथा अन्य प्रत्येक विषयको शुल्क रु। ८०० तोकिएको छ।आयोजकका अनुसार आफ्नो गाउँ–टोलमै गुणस्तरीय ट्युसन सेवा सञ्चालन गर्न इच्छुक अभिभावक वा विद्यार्थीले आवश्यक सङ्ख्या ( १५–२० जना ) पुगेपछि सम्बन्धित स्थानमै कक्षा सञ्चालन गरिनेछ। थप जानकारी तथा भर्नाका लागि ९७६२२४२५८८ र ९७४३२३७०७८  नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *