राधाकृष्ण मन्दिर पिपराको कृष्णजन्माष्टमीमा संकलित भेटीको आधा रकम बाढीपीडितका लागि सहयोग

बाणगङ्गा । बाणगङ्गा नगरपालिका–२, पिपरामा अवस्थित राधाकृष्ण मन्दिर व्यवस्थापन परिवारले कृष्णजन्माष्टमीका अवसरमा संकलित रकममध्ये आधा रकम बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। भाद्र १९ गते कृष्णजन्माष्टमीका अवसरमा मन्दिर व्यवस्थापन परिवारको आयोजनामा सम्पन्न धार्मिक तथा सांगीतिक उत्सवमा सहभागी भक्तजनबाट स्वेच्छिक रूपमा संकलन भएको दान तथा भेटी रकम रु. २ लाख १५ […]