मधुवन सामुदायिक वनः लक्षित वर्गको जीवनस्तर उकास्न नगद तथा सामग्री हस्तान्तरण

कपिलवस्तु। कपिलवस्तुको वाणगंगा नगरपालिका–८ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालित लक्षित वर्ग सहयोग तथा सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमअन्तर्गत २२८ जना एकल महिला तथा पुरुषलाई नगद सहयोग प्रदान गरिएको छ। त्यसैगरी अपाङ्गता भएका, असहाय तथा विपन्न परिवारलाई सहयोग सामग्री वितरण गर्नुका साथै युवा–युवतीलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ। […]

सुवर्णखाल कपिलवस्तु सम्पर्क समाज द्वारा पौडेल परिवारलाई आर्थिक सहयोग

जनहित अनलाई, कपिलवस्तु । अर्घाखाँची सुवर्णखाल कपिलवस्तु सम्पर्क समाजले बाणगङा निवासी पौडेल परिवारलाई आर्थिक सहयोग गरेको छ । जटिल रोगका कारण उपचार चलिरहेका डम प्रसाद पौडेल र उनकी श्रीमती पवित्रा पौडेललाईलाई उक्त संस्थाले रू १४६०० सहयोग गरेको छ । साबिक अर्घाखाँचीको सुवर्णखाल ८ बाउन्ने बाट बसाइ सरेर हाल कपिलवस्तको वाणगङा ८ लौगाइ बसोबास गदै आउनु […]

गाउँ शिक्षा समितिको कार्यालय अब विद्यालयमा नभइ स्थानीय तहमा हुने

काठमाडौं।  गाउँ शिक्षा समितिको कार्यालय अबदेखि विद्यालयमा नभई स्थानीय तहमा रहने भएको छ। सरकारले स्वीकृत गरेको शिक्षा नियमावली १० औँ संशोधन(२०८३ मा उक्त व्यवस्था गरिएको छ। यसअघिको शिक्षा नियमावलीमा गाउँ शिक्षा समितिको कार्यालय सम्बन्धित गाउँ विकास समितिको क्षेत्रभिको कुनै विद्यालयमा रहने व्यवस्था थियो। संशोधित मूल नियमावलीको नियम २१ ९क० भनिएको छ,‘गाउँ वा नगर शिक्षा समितिको […]

समुदायको सहारा बन्यो श्रृंगीघाट सामुदायिक वन, अशक्त उपभोक्तालाई सहयोग

कपिलवस्तु । कपिलवस्तुको श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूहले शारीरिक तथा मानसिक अशक्तता भएका आफ्ना उपभोक्ताहरूलाई सम्मान तथा सहयोग गरेको छ। वन समूहले समुदायमा रहेका विपन्न तथा विशेष आवश्यकता भएका व्यक्तिहरूलाई सहयोग गर्दै समावेशी समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमअन्तर्गत शारीरिक तथा मानसिक अशक्तता भएका उपभोक्ताहरूलाई सम्मान गर्नुका साथै उनीहरूको दैनिक […]

केही ठाउँमा ठूलो वर्षा, आज दिउँसो र राति पनि मुसलधारे पानी पर्ने

काठमाण्डौ ।   गएराति र आज बिहान केही ठाउँमा ठूलो पानी परेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरू ठाउँका तुलनामा कास्की, म्याग्दी, अर्घाखाँची, सिन्धुपाल्चोक, दोलखा, सङ्खुवासभा, नवलपरासी, चितवन, पाल्पा र रुपन्देहीमा ठूलो पानी परेको छ । आज पनि देशका सबैजसो ठाउँमा पानी […]

नक्कली भुटानी शरणार्थी मुद्दा अन्तिम चरणमा:आज फैसला हुदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा लामो समयदेखि जारी सुनुवाइ अन्ततः सकिएको छ। जिल्ला अदालत काठमाडौंले मंगलबार नै यस मुद्दाको फैसला सुनाउने तयारी गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासमा गत २७ जेठदेखि निरन्तर सुनुवाइ हुँदै आएको यो मुद्दा अहिले फैसला लेखनको चरणमा पुगेको अदालत स्रोतले जनाएको छ। यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, […]

खाना नदिएको भन्दै होल्डिङ सेन्टरका सुकुमवासीहरू विरोधमा

काठमाडौं । सरकारले खानाको व्यवस्था नगरेपछि खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रका सुकुमवासीहरूमा विरोधमा उत्रिएका छन् । सोमबार बेलुकादेखि आफूहरूले खाना नपाएको त्यहाँ बसेका सुकुमवासीहरू बताएका छन् । ‘खाना नदिएपछि रातभरी भोकै बस्यौं । केही उपाय नलागेपछि बिहानैदेखि विरोध गरिरहेका छौं’, होल्डिङ सेन्टरका एक सुकुमवासीले भने । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङले सोमबार […]

एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८२ को ग्रेडवृद्धि ९पूरक० परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन् । यो कुल सहभागीको ६४।६९ प्रतिशत हो । जीपीएअनुसार सबैभन्दा धेरै ५१ हजार […]

स्वर र अभिनयको सुन्दर संगम ‘मोयै लाउँदैन र’ सार्वजनिक

जनहित अनलाइन, कपिलवस्तु । नेपाली लोकदोहोरी संगीतमा नयाँ स्वाद थप्ने उद्देश्यका साथ तयार गरिएको ‘मोयै लाउँदैन र’ भर्खरै सार्वजनिक भएको छ। उत्कृष्ट शब्द, कर्णप्रिय संगीत, सुमधुर गायन, आकर्षक कोरियोग्राफी र जीवन्त अभिनयको समिश्रण रहेको यस सिर्जनाले सार्वजनिक हुन साथ दर्शक–श्रोताको ध्यान तान्न सफल भएको छ। गीतमा बिमल अधिकारीको भावपूर्ण शब्द, श्रीधर अधिकारीको उत्कृष्ट संगीत तथा चर्चित […]

यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ ।  हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू(भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू(भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान कोशी, बागमती, गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। गएको चौबीस घन्टामा लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न […]