गुल्मीमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गयो , ३ जना घाइते

कपिलवस्तु। गुल्मीको रेसुङ्गा नगरपालिका ८ गजुरास्थित तम्घास–रेसुङ्गा सडकखण्डमा आज बिहान भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु१ज १५२८ नम्बरको सफारी जिप राति साढे २ बजे दुर्घना हुँदा ४ जना घाइते भएका थिए । घाइतेमध्ये रेसुङ्गा नगरपालिका २ बाघमारे घर भई हाल […]
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, परीक्षण उत्पादन सुरु

जनहित अनलाइन, कपिलवस्तु । सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रिया अघि बढाउँदै नेपाली सेनामार्फत परीक्षण उत्पादन सुरु गरेको जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतका अनुसार सरकारले असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने सैद्धान्तिक निर्णय गरेसँगै आवश्यक बजेट निकासा भइसकेको छ। सचिव राउतले बन्द तथा रुग्ण उद्योगहरूको सम्पत्ति र दायित्वको मूल्याङ्कन […]
उपचारमा ढिलाइ हुँदा सर्पदंशबाट दुई जनाले गुमाए ज्यान

जनहित अनलाइन, कपिलवस्तु ।कपिलवस्तुमा सर्पको टोकाइबाट एक बालकसहित दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–११ निवासी २ वर्षीय सुशील वर्मा रहेका छन्। उनलाई गोबन प्रजातिको विषालु सर्पले टोकेको थियो। उपचारका लागि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको बताइएको छ। त्यसैगरी, छत्रदेव गाउँपालिका–१ निवासी २१ वर्षीय पुष्कर खनालको […]
बाणगंगा–७ का आयुष बनजाडे बने ट्राफिक नियम पालनाको उदाहरण

जनहित अनलाइन, कपिलवस्तु । बाणगंगा–७, बनगाईका आयुष बनजाडेले आफ्नै गाडीको कालो सिसा हटाउँदै ट्राफिक नियम पालनाको उदाहरण प्रस्तुत गरेका छन्। ट्राफिक प्रहरीले सञ्चालन गरेको कालो सिसा हटाउने अभियानलाई सकारात्मक रूपमा साथ दिँदै बनजाडेले आफ्नै सवारी साधनको कालो सिसा हटाएका हुन्। उहाँले ट्राफिक नियमको पालना गर्नु प्रत्येक नागरिकको दायित्व भएको बताउँदै अन्य सवारी चालकलाई पनि नियमको […]
कपिलवस्तुका ८ स्थानीय तहले ल्याए बजेट, कसको कति?

जनहित अनलाइन, कपिलवस्तु । चालु आर्थिक वर्षको अन्त्यसँगै कपिलवस्तुका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३ र ८४ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। जिल्लाका १० स्थानीय तहमध्ये ८ वटाले कानुनी समयसीमाभित्र नगरसभा वा गाउँसभा सम्पन्न गर्दै बजेट प्रस्तुत गरेका छन् भने शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकाले गाउँसभा समयमै गर्न नसक्दा बजेट […]
बाणगंगामा २३ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । जलवायु प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धिू भन्ने मूल नाराका साथ २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ कपिलवस्तुको बाणगंगा नगरपालिका–११ मर्थीमा सम्पन्न भएको छ। श्री लक्ष्मी कृषक समूह, बाणगंगा–११ ओदारीको समन्वय तथा बाणगंगा नगरपालिका कृषि विकास शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा धान उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधिको प्रयोग तथा कृषि व्यवसायीकरणलाई […]
ब्राइट लुम्बिनीको १३औँ वार्षिकोत्सव भव्यताकासाथ सम्पन्न

जनहित अनलाइन , कपिलवस्तु । ब्राइट लुम्बिनी इनटरनेशनल एजुकेसन प्रा लि चारनम्बर कपिलवस्तुको १३औँ वार्षिकोत्सव बाणगङ्गा स्थित पिस हिमालयन रिसोर्टमा शुक्रबार सम्पन्न भएको छ। वार्षिकोत्सवको अवसरमा प्रथम ब्राइट डान्स आइडल एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । आइडलमा १३ जना प्रतिस्पर्धी सहभागि भएका थिए । सहभागि प्रतिस्पर्धीहरूले नेपाली संस्कृति झल्काउने गीतमा नृत्य प्रस्तुत गरेका थिए […]
ब्राइट लुम्बिनीको १३औँ वार्षिक उत्सवको अवसरमा प्रथम ब्राइट नृत्य प्रतियोगिता हुँदै

जनहित अनलाइन, कपिलवस्तु । ब्राइट लुम्बिनीको १३औँ वार्षिक उत्सवको अवसरमा प्रथम ब्राइट नृत्य प्रतियोगिता हुने भएको छ। कपिलवस्तुको बाणगङ्गा जितपुरस्थित ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनको १३औँ वार्षिक उत्सवको अवसरमा एक खुला नृत्य प्रतियोगिता हुने भएको हो। लामो समयदेखि दर्जनौँ विद्यार्थीहरूलाई भाषामा दक्ष बनाई जापान, कोरिया पठाउने साथै विभिन्न विषयका ट्युसन कक्षा सञ्चालन गराउँदै आएको यस संस्थाले […]
जनसेवा कृषि सहकारीले पायो नयाँ नेतृत्व

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–७, मोतिपुर स्थित जनसेवा कृषि सहकारी संस्था लिमिटेड मा लामो समयदेखि रिक्त रहेको सञ्चालक समिति अन्ततः पूर्ण भएको छ। असार ३ गते आयोजित विशेष साधारण भेलाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। शेयर सदस्यहरूमध्येका ज्येष्ठ सदस्य आत्मराम आचार्यको अध्यक्षतामा सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको शेयर सदस्य तथा […]
बाणगंगामा ‘न्यु रिहान इन्टरप्राइजेज’ सञ्चालनमा

जनहित अनलाइन, कपिलवस्तुको बाणगंगा नगरपालिका–४ स्थित चार नम्बरमा विद्युतीय तथा घरायसी सामग्री बिक्री–वितरण गर्ने उद्देश्यले ‘न्यु रिहान इन्टरप्राइजेज’ सञ्चालनमा आएको छ। शुभ साइतमा धार्मिक विधिअनुसार पूजा–आराधना गरी इन्टरप्राइजेजको औपचारिक शुभारम्भ गरिएको हो। इन्टरप्राइजेजका प्रोप्राइटर बिक्रम गैरेले ग्राहकलाई गुणस्तरीय विद्युतीय तथा घरायसी सामग्री उचित मूल्यमा उपलब्ध गराउने लक्ष्यसहित व्यवसाय सञ्चालनमा ल्याइएको बताए। उनले ग्राहकको आवश्यकता र […]