प्रथम लुम्बिनी लोकतारा–२०८३ भोलि कपिलवस्तुमा हुँदै

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला कार्यसमिति कपिलवस्तुको सह–आयोजनामा प्रथम लुम्बिनी लोकतारा–२०८३ प्रतियोगिता भोलि हुने भएको छ । लुम्बिनी प्रदेशभर रहेका प्रतिभाशाली लोक तथा दोहोरी गायक–गायिकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता भोलि कपिलवस्तुमा हुन लागेको हो । जिल्ला कार्यसमिति कपिलवस्तुले आज प्रतिष्ठानको कार्यालयमा पत्रकार सम्मेलन […]

रास्वपा केन्द्रीय सदस्यमा कपिलवस्तुका न्यौपानेको दाबी

 जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्य पदका लागि बाणगंगाका ज्ञानहरी न्यौपाने (रामु)  ले  उम्मेदवारी दिने घोषणा गरेका छन । । बाणगङ्गा निवासी न्यौपाने सफल व्यवसायीका रूपमा परिचित छन्। व्यवसायिक क्षेत्रबाट प्राप्त अनुभवलाई राजनीतिक नेतृत्वसँग जोड्दै उनले सुशासन, पारदर्शिता र […]

रास्वपा केन्द्रीय सदस्यमा कपिलवस्तुका मिर्जा रासिदको उदय

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनलाई लक्षित गर्दै कपिलवस्तुका युवा नेता मिर्जा रासिद बेगले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका छन । उनी लुम्बिनी प्रदेश मुस्लिम क्लस्टरबाट केन्द्रीय सदस्य पदका लागि चुनावी मैदानमा उत्रिन लागेका हुन्। सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्दै […]

‘वर्ल्ड अफ डान्स नेपाल -२०२६’ मा कपिलवस्तुका पाण्डेय आवद्ध समूह प्रथम

जनहित अनलाइन, कपिलवस्तु । विश्व प्रसिद्ध डान्स रियालीटी सो ‘वर्ल्ड अफ डान्स नेपाल -२०२६’ मा कपिलवस्तुको यसोधराका प्रेमचन्द पाण्डेय को समूह प्रथम भएको छ । केही समय अगाडि सम्पन्न प्रतियोगितामा उक्त समुहले प्रथम स्थान सङ्गै अन्य उपाधी समेत जित्न सफल भएको छ । समूहले अपर टिम डिभिजन अन्तर्गत प्रतिस्पर्धा गर्दै प्रथम रनरअपको उपाधी सहित वेस्ट […]

यस्तो छ रास्वपाको महाधिवेशन प्रतिनिधि मापदण्ड

काठमाडौं । रास्वपाले आगामी साता चितवनमा हुन लागेको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्वका लागि मापदण्ड तोकेको छ । अधिवेशन हुन नसकेको मधेशबाट समेत प्रतिनिधित्व गराउनका लागि मापदण्ड तोकिएको हो । रास्वपाले महाधिवेशन आयोजक समिति गठन हुँदाको समयसम्म केन्द्रीय पोर्टलमा दर्ता भएको प्रदेश समिति पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधित्व गराउने भएको छ । प्रदेश अनुशासन आयोग, लेखा आयोग, निर्वाचन […]

शितगंगा १३ को वार्षिक समिक्षा तथा वडा सभा सम्पन्न

अनिता क्षेत्री,कपिलवस्तु । अर्घाखाँचीको शितगङगा नगरपालिका वडा नम्बर १३ ले वार्षिक समिक्षा तथा वडा सभा सम्पन्न गरेको छ । आज सोमबार वडाको सभाहलमा विभिन्न क्षेत्रका व्यक्तिहरु सङ्गै वडावासीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै शितगंगा नगरपालिका वडा न।१३ का वडा अध्यक्ष दुर्गा बहादुर बि।सिले कृषि, पशु र युवा स्वोरोजगारलाई विशेष ध्यानमा राखि बजेट […]

बाणगंगाकी सरिता भण्डारीको अर्घाखाचीमा झोलुङ्गे पुलबाट हाम फालेर मृत्यु

कपिलवस्तु । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–७ स्थित झोलुङ्गे पुलबाट हाम फालेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–७ निवासी २३ वर्षीया सरिता भण्डारी रहेको प्रहरीले जनाएको छ। भण्डारीले झोलुङ्गे पुलबाट हाम फालेको प्रारम्भिक जानकारी प्राप्त भएको र घटनापछि उनको मृत्यु भएको प्रहरीले जनाएको हो। घटनाको कारण खुल्न नसकेको तथा यस सम्बन्धमा थप […]

कपिलवस्तु नगरपालिकामा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालन

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिकको सेवा सञ्चालनमा आएको छ । सङ्घीय सरकारले जेनजी आन्दोलन पछि करार कर्मचारीको दरबन्दीमा कटौती र वितरणमुखी कार्यक्रममा रोक लगाए सँगै सञ्चालनमा आउन नसकेको मोबाइल स्वास्थ्य क्लिनिकको सेवालाई आवश्यक कर्मचारीको व्यवस्थापन पछि मंगलबार देखी सञ्चालनमा ल्याइएको हो । एक कार्यक्रमका बिच नगर प्रमुख सुदिप […]

एकल गायन प्रतियोगितामा कपिलवस्तु बाट सरोज परियार छनोट

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित प्रथम लुम्बिनी लोकतारा २०८३ अन्तर्गत एकल गायन प्रतियोगिताको कपिलवस्तु अडिसन सम्पन्न भएको छ । अडिसन बाट सरोज परियार छनोट हुन सफल भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कपिलवस्तुका अध्यक्ष असिम कडेल क्षेत्रीले जनहित अनलाइन सगँ बताउनुभयो । प्रतियोगितामा सहभागी […]

विश्व रक्तदाता दिवसः ५३ जनाको जाँच तथा १२ युनिट रक्त संकलन

जनहित अनलाइन, कपिलवस्तु । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी बाणगंगा उपशाखा अन्तर्गतको रक्तसञ्चार केन्द्रले नियमित रक्तदाताहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमअन्तर्गत सहभागी रक्तदाताहरूको हिमोग्लोबिन तथा रगतमा चिनीको मात्रा परीक्षण निःशुल्क रूपमा गरिएको थियो । स्वास्थ्य परीक्षण कार्यक्रममा कुल ५३ जनाले सेवा लिएका थिए भने १२ युनिट रगत संकलन […]