अनिता क्षेत्री,कपिलवस्तु । अर्घाखाँचीको शितगङगा नगरपालिका वडा नम्बर १३ ले वार्षिक समिक्षा तथा वडा सभा सम्पन्न गरेको छ । आज सोमबार वडाको सभाहलमा विभिन्न क्षेत्रका व्यक्तिहरु सङ्गै वडावासीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै शितगंगा नगरपालिका वडा न।१३ का वडा अध्यक्ष दुर्गा बहादुर बि।सिले कृषि, पशु र युवा स्वोरोजगारलाई विशेष ध्यानमा राखि बजेट विनियोजन गर्ने बताउनु भयो । पछिल्लो समय बसाई सराई नै वडाको प्रमुख समस्या बनेको हुँदा यसलाई न्युनिकरण गर्ने सचेतनाका कार्यक्रम अघि बढाउने समेत बताउनु भयो । औद्योगिक ग्राममा ल१३५ जनालाई रोजगार दिने, छेडा भोटे बजारमा हाट बजार लगाउने , शिक्षामा प्रा. वि तहमा अङ्ग्रेजी माध्यम बाट अध्यान गराइने जस्ता वडाका महत्तवपुर्ण लक्ष्य रहेको पनि उहाँले बताउनु भयो । भौगलिक रुपमा निकै विविधता रहेको आफ्नो वडामा बजेट निक्कै कमि आउने गरेको भएपनि आफुहरुले उक्त बजेटलाई प्राथमिकताको आधारमा सबै क्षेत्रलाई समेटेर बाडफाड गएिको बताउनुभयो ।
आगामि आर्थिक वर्षको लागि नगर बाट करिब ५० लाखको सिलिङ प्राप्त भएको भन्दै सबै समस्यालाई मध्यनजर गर्दै योजनाहरु निर्माण गरिने बताउनुभयो ।
त्यस्तै वडा अध्यक्ष बि सी ले वडावासीहरु बाट उठेका गुनासाहरुको सम्बोधन गर्दै स्थानीय सरकार सङ्गै वडावासी र नगरवासी मिलेर जानुको विकल्प नरहेको बताउनुभयो । पछिल्लो समय सामाजिक सञ्जालमा मात्र लेख्ने प्रवृत्ति बढीरहेको भन्दै त्यसले निकास नदिने बताउनुभयो ।
वडा सदस्य टान बहादुर बि सी ले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २र३ वटा कार्यक्रम बाहेक अन्य सबै सम्पन्न भैसकेको बताउनुभयो । सम्पन्न हुन बाँकी रहेका पनि अब केहि दिनमै सम्पन्न हुने उहाँले बताउनुभायो ।
वडा पुर्नर सम्रचनाका निम्ति ७ सदस्य कार्यदल निमार्ण , भएको छ ।
कार्यक्रममा शिक्षा, स्वास्थ्य, सामुदायिक वन, युवा लगायत स्थानीय वासीहरुले आ–आफ्नो क्षेत्रका समस्या, आवश्यकता तथा अवसरहरुलाई जोडतोडका साथ उठान गरेका थिए ।
कार्यक्रम वडा सदस्य बाबुराम बि सीको स्वागत तथा वडा सचिव कल्पना भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

