जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्य पदका लागि बाणगंगाका ज्ञानहरी न्यौपाने (रामु) ले उम्मेदवारी दिने घोषणा गरेका छन । ।
बाणगङ्गा निवासी न्यौपाने सफल व्यवसायीका रूपमा परिचित छन्। व्यवसायिक क्षेत्रबाट प्राप्त अनुभवलाई राजनीतिक नेतृत्वसँग जोड्दै उनले सुशासन, पारदर्शिता र जनमुखी राजनीतिको पक्षमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको बताएका छन्।
कपिलवस्तुका विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय न्यौपानेको उम्मेदवारीलाई जिल्लाका पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूले सकारात्मक रूपमा लिएका छन्।

