काठमाडौँतर्फ लैजाँदै गरिएको अवैध औषधी नियन्त्रणमा

कपिलवस्तु । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको करिब २५ लाख रुपियाँ बराबरको यौनवर्द्धक औषधी सशस्त्र प्रहरीले बरामद गरेको छ। सीमा सुरक्षा सशस्त्र प्रहरी गुल्म कृष्णनगरले यौन उत्तेजना बढाउन प्रयोग हुने ‘युरिफिल इफेक्ट’ नामक औषधि बरामद गरेको हो। सशस्त्र प्रहरी बल नं. २८ गण हेडक्वार्टर कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार अङ्कित मूल्य […]
१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बाणगङ्गा। बाणगङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम मार्फत “ब्राण्ड बाणगङ्गा, बिलिभ बाणगङ्गा” अभियानलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने घोषणा गरेको छ । अभियानको मुख्य उद्देश्य नगरपालिकाका प्रशासनिक, विकासात्मक तथा अन्तरनिकाय समन्वयात्मक गतिविधिलाई नीति, विधि र प्रविधिमैत्री बनाउँदै नागरिकको खुसियाली अभिवृद्धि गर्नु रहेको जनाइएको छ । नगरपालिकाले समावेशी, समानुपातिक तथा सहभागितामूलक विकासलाई प्राथमिकता […]
रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार सक्रिय, सहजीकरण समिति गठन

लामो समयदेखि कार्यान्वयनमा आउन नसकेको ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२’ कार्यान्वयन प्रक्रियाले गति लिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजीकरण समिति गठन गरेको हो। नापी विभागका उपमहानिर्देशक कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा समिति बनाइएको मन्त्रालयले जनाएको छ। शुक्रबार सिंहदरबारमा बसेको […]
सरकारी सेवामा ट्रेड युनियन खारेजीको पक्षमा सर्वाेच्चको आदेश

सर्वोच्च अदालतले सरकारी सेवामा कर्मचारी संगठन खारेजीको निर्णयको पक्षमा आदेश गरेको छ । संवैधानिक इजलासले शुक्रबार यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने तथा पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश गरेको हो । यससँगै अब सरकारी सेवामा कर्मचारी संगठन खोल्न नपाइने भएको छ । प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीशहरू नहकुल सुवेदी, विनोद शर्मा, अब्दुलअजिज मुसलमान र […]
रास्वपा लुम्बिनी प्रदेश अधिवेशनमा सभापतिका आकाङ्क्षी आधा दर्जन बढी -कसले मार्ला बाजी ?

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी सभापति पदका लागि आधा दर्जन भन्दा बढी आकांक्षी देखिएका छन् । लुम्बिनीको पहिलो अधिवेशनबाट सभापति हुन इच्छुक नेताहरुले आफ्नो आकांक्षा आफूनिकट नेता कायकर्तामार्फत सार्वजनिक गराएका छन् । आकांक्षीहरुले आफू निकटका व्यक्तिलाई सभापतिको उम्मेदवार बन्न लागेको सन्देशसहित आफ्नो नाम र फोटो सहितको डिजिटल कार्ड बनाएर सामाजिक सञ्जालमा पोष्ट […]
रास्वपा कपिलवस्तुको कार्यसमिति चयन, सभापतिमा सुवेदी

जनहित अनलाइन , कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) कपिलवस्तु जिल्ला समितिको नयाँ नेतृत्व चयन भएको छ । सहमतिको लामो प्रयास गरिएपनि अन्त्यमा निर्वाचन तर्फ धकेलिएको थियो ।उक्त निर्वाचनबाट शिव कुमार सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । जिल्लाको सदरमुकाम स्थित तौलिहवामा शनिबार अधिवेशन आयोजना गरिएको थियो । उक्त अधिवेशनमा सहमतिको बाटो नखुलेपछि धेरै पदहरूमा […]
खहरे खोलाको भेलले बगाउँदा रोल्पामा २ जना विद्यार्थीको मृत्यु

काठमाण्डौ । रोल्पामा खहरे खोलाको भेलले बगाउँदा दुई जना विद्यार्थीको ज्यान गएको छ । गङ्गादेव गाउँपालिका वडा नम्बर ६ रातामाटाका निमबहादुर खड्काका ७ वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षीय छोरा समिर केसीको ज्यान गएको हो । हिजो बेलुका विद्यालयबाट घर फर्कने क्रममा उनीहरूलाई खहरे खोलाको भेलले बगाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको […]
शितगंगा–१४ को वार्षिक समिक्षा तथा वडा सभा सम्पन्न

चेतन विष्ट, कपिलवस्तु अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर–१४ ले वार्षिक समिक्षा तथा वडा सभा सम्पन्न गरेको छ । आज शुक्रबार वडाको सभाहलमा विभिन्न क्षेत्रका व्यक्तिहरु सङ्गै वडावासीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै शितगंगा नगरपालिकाका संस्थापक उपप्रमुख टिका रेस्मीले सबैले आ–आफ्नो ठाउँ बाट आफ्नो भुमिका इमान्दारीका साथ निभाउनुपर्ने बताउनुभयो । आफ्नो कार्यकालमा आफुहरुले […]
अमृत विश्वकर्माको नयाँ कोशेली ‘पश्चिम पोखरा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ। ‘साथी हु म दाइ नभन्नु ल’, ‘हरे शिव राम’, ‘दुई दिने यो चोला’ तथा ‘तिमी कति राम्री’ जस्ता दर्जनौँ कालजयी र सधैँ गुनगुनाइने हिट लोक दोहोरी गीतहरूका सफल गायक तथा सर्जक अमृत विश्वकर्माको नयाँ साङ्गीतिक कोशेली ‘पश्चिम पोखरा’ बजारमा आएको छ। नेपाली लोक सङ्गीत आकाशमा एकपछि अर्को हिट गीत पस्किएर आम श्रोताको मनमा बस्न […]
मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण

कपिलवस्तु । स्थापना भएको १ बर्षमै उत्कृष्ट नतिजा निकाल्न सफल, कोरियन र जापनीज भाषाको हव मिराई ल्याङ्गवेज सेन्टरले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा मानवीय तथा सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गरेको छ । विक्रम संवत २०८२ साल जेठ १८ गते गते स्थापना गरिएको प्रथम स्थापना दिवसको अवसरमा कपिलवस्तु वालगृहका वालकहरुलाई खाना खुवाउने तथा शैक्षिक सामग्री प्रदान […]