जनहित अनलाइन, कपिलवस्तु ।कपिलवस्तुमा सर्पको टोकाइबाट एक बालकसहित दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–११ निवासी २ वर्षीय सुशील वर्मा रहेका छन्। उनलाई गोबन प्रजातिको विषालु सर्पले टोकेको थियो। उपचारका लागि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको बताइएको छ।
त्यसैगरी, छत्रदेव गाउँपालिका–१ निवासी २१ वर्षीय पुष्कर खनालको पनि सर्पको टोकाइबाट मृत्यु भएको छ। गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका नवीन भण्डारीका अनुसार उपचारमा ढिलाइ भएका कारण दुवै जनाको मृत्यु भएको हो।

