जनहित अनलाई, कपिलवस्तु । अर्घाखाँची सुवर्णखाल कपिलवस्तु सम्पर्क समाजले बाणगङा निवासी पौडेल परिवारलाई आर्थिक सहयोग गरेको छ ।
जटिल रोगका कारण उपचार चलिरहेका डम प्रसाद पौडेल र उनकी श्रीमती पवित्रा पौडेललाईलाई उक्त संस्थाले रू १४६०० सहयोग गरेको छ ।
साबिक अर्घाखाँचीको सुवर्णखाल ८ बाउन्ने बाट बसाइ सरेर हाल कपिलवस्तको वाणगङा ८ लौगाइ बसोबास गदै आउनु भएको छ । उपचारको क्रममा धेरै रकम खर्च भइसकेको, घरको आर्थिक अवस्था कमजोर रहेको ,कमाउने ब्यक्ती आफैं बिरामी परेकोले हुँदा थोरै भए पनि मलम लगाउने प्रयास गरेको संस्थाका अध्यक्ष प्रेम नारायण पौडेलले बताउनु भयो ।
यस्तै अप्ठयारोमा परेकालाई सहयोग गर्ने उद्देश्यले उक्त संस्था सञ्चालन गरिएकोे संस्थाका सचिव कपिल घिमिरेले बताउनु भयो ।
सहयोगी दाताको नाम
नारायण पौडेलले बोड्गाउ २००५
इन्द्र बहादुर रास्कोटी बैरिया १०२०
कपिल घिमिरे कोपवा १०००
पबित्रा गौतम बनगाइ ११२५
लिला भट्टराई पिपरा ११५०
शिवलाल पोख्रेल लौगइ १०००
बिक्रम भुसाल बोड्गाउ २०००
खिमानन्द पौडेल बोड्गाउ १००५
शान्ता अधिकारी देउवापार १०००
जमुना गौतम बुड्डी ११२५
ऋषिराम पौडेल पचेरा १०००
पुनम गौतम बनगाइ ११२५

