कपिलवस्तु फोटोग्राफर संघको रक्तदान, ८३ प्वाइन्ट रगत संकलन

चेतन विष्ट, कपिलवस्तु । १८७ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा कपिलवस्तु फोटोग्राफर संघले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी, बाणगंगा शाखामा आयोजित खुला रक्तदान कार्यक्रममा ८३ प्वाइन्ट रगत संकलन भएको कपिलवस्तु फोटोग्राफर संघका अध्यक्ष कृष्ण पाण्डेले जानकारी दिनुभयो । फोटोग्राफी केवल दृश्य कैद गर्ने कला मात्रै नभई समाजसँग जोडिने माध्यमसमेत भएकाले विशेष […]

शिवराजमा कपिलवस्तु फोटोग्राफर संघको उपसमिति गठन

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु जिल्लाभित्र छरिएर रहेका फोटो तथा भिडियो व्यवसायीहरूलाई एकीकृत गर्ने उद्देश्यले कपिलवस्तु फोटोग्राफर संघले आफ्नो संगठन विस्तारलाई निरन्तरता दिएको छ । संघको पहलमा शिवराज नगरपालिकामा फोटो तथा भिडियो व्यवसायीहरूको भेलामार्फत तीन सदस्यीय उपसमिति गठन गरिएको छ। संघका अध्यक्ष, निवर्तमान  अध्यक्ष, कोषाध्यक्ष, सचिव, लेखा समिति तथा सदस्यहरूको सहकार्यमा उपसमिति गठन गरिएको हो […]

सिद्धार्थ क्याम्पसका विद्यार्थीलाई लागूऔषध तथा दुव्र्यसन रोकथामसम्बन्धी सचेतना

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाणगङ्गा नगर समितिको आयोजनामा बाणगङ्गास्थित सिद्धार्थ क्याम्पसका +२ तहका विद्यार्थीलाई लक्षित गरी लागूऔषध तथा दुव्र्यसन रोकथामसम्बन्धी जनचेतनामूलक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा विद्यार्थीलाई लागूऔषधको प्रयोगबाट हुने स्वास्थ्य, सामाजिक तथा व्यक्तिगत क्षतिबारे जानकारी गराउँदै यसको रोकथाम र नियन्त्रणका उपायबारे […]

बुद्धको भूमिमा बढ्दो असुरक्षा : पूर्वमेयर सिंहको शंकास्पद मृत्युले उठाएका गम्भीर प्रश्न

विश्लेषण बिशाल राज अधिकारी, कपिलवस्तु । कपिलवस्तु भगवान बुद्धको शान्ति र अहिंसाको विश्वव्यापी सन्देशसँग जोडिएको ऐतिहासिक तथा पवित्र भूमि हो। तर पछिल्ला वर्षहरूमा शृङ्खलाबद्ध रूपमा भएका हिंसात्मक, आपराधिक तथा शंकास्पद घटनाहरूले यो जिल्लाको शान्ति-सुरक्षा अवस्था र कानुनी शासनको प्रभावकारितामाथि पुनः गम्भीर प्रश्न खडा गरिदिएका छन्। हालै कपिलवस्तु नगरपालिकाका ६५ वर्षीय पूर्वमेयर किरण सिंहको तिलौराकोट साझेदारी […]

बाणगंगा राइडर्स क्लबको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । संस्था दर्ता गर्ने तर गतिविधि शून्य रहने प्रवृत्तिमाथि प्रश्न उठिरहेका बेला वाणगंगा राइडर्स क्लब कपिलवस्तुले भने काममार्फत आफ्नो छुट्टै पहिचान बनाएको भन्दै प्रशंसा गरिएको छ। साइकललाई माध्यम बनाएर स्वास्थ्य, वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा सक्रिय क्लबको अभियानलाई आगामी दिनमा अझ व्यापक बनाउन स्थानीय सरकार, निजी क्षेत्र र पर्यटन क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा […]

हराएको तीन दिनपछि जंगलमा मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

कपिलवस्तु । तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला परेका छन् । सिंहको शब जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख, एसपी मनोहर भट्टले बताए । ६५ वर्षीय सिंह शुक्रबार अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले […]

रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तु र फेमिली डेन्टलको निशुल्क दन्त शिविर, ५१८ जना लाभान्वित

जनहित अनलाइन, कपिलवस्तु । बाणगंगाको बरहवा स्थित एभरग्रिन इङ्गलीस बोर्डिङ्ग स्कुलमा भएको निशुल्क दन्त शिविर बाट ५१८ जना लाभान्वित भएका छन । रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तु र फेमिली डेन्टल केयर सेन्टर प्रा।लि।, बाणगङ्गा–४ चारनम्बरको संयुक्त आयोजनामा भएको उक्त शिविर बाट विद्यार्थी, शिक्षक, अभिभावकले सेवा लिएका हुन । समुदायमा दन्त तथा मुख स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि […]

 स्वाभिमान लघुवित्त स् मृतक सदस्यका परिवारलाई ९ लाख बढी बीमा दाबी रकम हस्तान्तरण

जनहित अनलाइन, कपिलवस्तु । परिवारका अभिभावक गुमाउँदाको पीडालाई पैसाले पूर्ति गर्न सक्दैन। तर विपद्को कठिन घडीमा आर्थिक सहाराले पीडित परिवारलाई केही राहत भने अवश्य दिन सक्छ। यही उद्देश्यलाई आत्मसात् गर्दै स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यको परिवारलाई लघु बीमा कार्यक्रममार्फत आर्थिक सहयोग उपलब्ध गराएको छ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, बनगाई–कपिलवस्तु शाखाद्वारा सञ्चालित केन्द्र […]

शितगंगाका सुरेश गोतामेको पहिलो तिज गित ”नाच फरर” सार्वजनिक

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा ३ ठाडा निवासी सुरेश गोतामेले पहिलो नयाँ तिज गित  ”नाच फरर”  सार्वजनिक गरेका छन । गित संगित प्रति अत्यन्तै रुची भएका गोतामेले पहिलो पटक आफ्ना्े पाइला यस क्षेत्रमा राख्दै आफ्नै लगानी,स्वर र अभिनयमा उक्त तीज गित बजारमा ल्याएका हुन । उत्कृष्ट शब्द, कर्णप्रिय संगीत, सुमधुर गायन, आकर्षक कोरियोग्राफी र […]

कपिलवस्तुमा सडक दुर्घटनाः चार दिन, तीन ठाउँ, छ शव

जनहित अनलाइन, कपिलवस्तु । चार दिन, तीन ठाउँ, छ शव — कपिलवस्तुको सडकमा यो अब दुर्घटना होइन, दैनिकी बनिसकेको छ । साउन ९ गते राति । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६, बिमिहा चोकमा भैरहवातर्फ गुड्दै गरेको बस अचानक विपरीत दिशाबाट आएको मोटरसाइकलसँग ठोक्किन्छ । ३० वर्षका रामबहादुर चाइ र २८ वर्षका सर्जु चाइको क्षणभरमै दुखद निधन हुन्छ […]