ग्यालेक्सी युथ क्लबः पौडेल परिवारलाइ १९ हजार बढी आर्थिक सहयोग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । गम्भीर स्वास्थ्य समस्याका कारण अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिरहेको बाणगंगा–८ स्थित पौडेल परिवारलाई ग्यालेक्सी युथ क्लबले आर्थिक सहयोग प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आज उक्त परिवारलाई १९ हजार ८ सय ८ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको क्लबका अध्यक्ष अमृत गिरीले जनहित अनलाइन सङ्ग बताएका छन ।

उक्त परिवारका श्रीमान् मिर्गौला रोगबाट पीडित छन भने श्रीमती ठूलो आन्द्राको गम्भीर समस्याका कारण उपचाररत रहेकि छन । परिवारका दुवै कमाउने सदस्य नै बिरामी भएपछि आर्थिक अवस्था निकै कमजोर बनेको छ ।

सानो सहयोगले पनि कठिन समयमा ठूलो हौसला दिन सक्छ भन्ने विश्वासका साथ गरिएको यस सहयोगमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्ण सहयोगी हातहरूप्रति ग्यालेक्सी युथ क्लबले धन्यवाद समेत व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *