जनहित अनलाइन , कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) कपिलवस्तु जिल्ला समितिको नयाँ नेतृत्व चयन भएको छ । सहमतिको लामो प्रयास गरिएपनि अन्त्यमा निर्वाचन तर्फ धकेलिएको थियो ।उक्त निर्वाचनबाट शिव कुमार सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
जिल्लाको सदरमुकाम स्थित तौलिहवामा शनिबार अधिवेशन आयोजना गरिएको थियो । उक्त अधिवेशनमा सहमतिको बाटो नखुलेपछि धेरै पदहरूमा आइतबार निर्वाचन भएको हो । निर्वाचन बाट जिल्ला सभापतिमा शिव कुमार सुवेदी, उप सभापतिमा रामनिवास पुरी, सचिवमा यमलाल आचार्य र सह–सचिवमा देवेन्द्र शर्मा निर्वाचित भएका छन ।
त्यस्तै सदस्यहरूमा रबिन कार्की , मुस्लिम कलस्टर तर्फ मोहमद मोहसिन कमाल निर्वाचित भएका छन भने महिला सदस्य तर्फ सिता सापकोटा, निर्मला सुनार, पार्वता भुसाल र कमला भुसाल सर्वसम्मत निर्वाचित भएका भएका हुन । २ सदस्य तथा कोषाध्यक्ष सभापतिले मनोनयन गर्न पाउने छन भने केही सदस्यहरू सर्वसम्मत चयन भएका छन ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर १ सदस्य तर्फ विष्णु प्रसाद घिमिरे , शिव प्रसाद पाण्डे, क्षेत्र नम्बर २ सदस्य तर्फ शिवफन चाई ,बिनोद केवट र क्षेत्र नम्बर ३ तर्फ उप संयोजकमा जप्रसाद पौडेल र सदस्यमा दिपक रजौरिया निर्वाचित भएका छन् । अन्य पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन भएका छन ।
उक्त निर्वाचित जिल्ला सदस्यहरूबाट निर्वाचन क्षेत्र संयोजक चयन हुने निर्वाचन समितिले जनाएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पार्टीको सङ्गठन विस्तार, जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै पार्टीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

