ग्यालेक्सी युथ क्लबले गर्यो चारनम्बरमा सरसफाइ

कपिलवस्तु । बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बरमा जेन-जी आन्दोलनको क्रममा निस्किएको फोहोरहरू ग्यालेक्सी युथ क्लबले सरसफाई गरेको छ । सोमबार र मंगलबार दुई दिनसम्म भएको आन्दोलनका क्रममा बजार क्षेत्रमा जम्मा भएको प्लास्टिक, कागज तथा अन्य फोहोर संकलन गरी व्यवस्थापन गरिएको क्लबले जनाएको छ । ग्यालेक्सी युथ क्लबका अध्यक्ष अमृत गिरीका अनुसार बजार क्षेत्रलाई सफा […]

प्रधानमन्त्री कार्कीलाई सांसद पन्थीको शुभकामना

कपिलवस्तु । लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले नेपालको प्रथम महिला प्रधानमन्त्री तथा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाईसहित सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको संदेशमा सांसद पन्थीले प्रधानमन्त्री कार्कीले नेपाली युवा पुस्ताको चाहना अनुरूप पुराना भ्रष्टाचारका मुद्दाको छानबिन गरी दोषीमाथि न्यायोचित सजाय दिलाउने विश्वास व्यक्त गर्नुभएको छ । “आन्दोलनका क्रममा भएका सम्पूर्ण […]

रुपन्देहीका शिक्षण संस्था आइतबारदेखि खुल्ने

बुटवल । । रुपन्देहीको निजी तथा संस्थागत शिक्षण संस्थाहरु आइतबारदेखि सञ्चालन हुने भएका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अनिश्चितकालका लागि बन्द भएका शिक्षण संस्था आइतबारदेखि सञ्चालन हुने भएका हुन् । निजी तथा संस्थागत विद्यालयको संस्था प्याब्सन, एन प्याब्सन र हिसान रुपन्देहीले शनिबार संयुक्त रुपमा विज्ञप्ति निकाल्दै आइतबारदेखि पूर्ववत रुपमा शिक्षण […]

ओलीविरुद्ध पूर्वसांसद शाहले दिए कर्तव्य ज्यानको मुद्दा

कपिलवस्तु  । कपिलवस्तुका कांग्रेस नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय मार्फत महानगरीय प्रहरीवित्त नयाँ बानेश्वर काठमाडौंमा कर्तव्य ज्यानको मुद्दा दिएका छन्। नेता शाहले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई जारीपत्र बुझाएका छन्। प्रजिअ तामाङले जाहेरी पत्र आफूले सम्बन्धित निकायमा पुर्‍याउने बताए। निवर्तमान प्रधानमन्त्री ओलीको आदेशले नै सुरक्षाकर्मीले गोली […]

देशका विभिन्न कारागारबाट भागेका कैदी कपिलवस्तु बाट पक्राउ पर्दै

कपिलवस्तु । मुलुकका विभिन्न कारागारबाट भागेका १७ कैदीबन्दी कपिलवस्तुमा समातिएका छन् । जेन–जीको प्रदर्शनका क्रममा भदौ २४ र २५ गते भागेकामध्ये केन्द्रीय कारागार सुन्धाराबाट भागेका ८ जना, नक्खु कारागारबाट भागेका ५, तुल्सीपुर कारगारबाट भागेका ३ र कास्की कारागार बाट भागेका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रिपेन्द्रकुमार सिंहले बताए । पक्राउ परेका […]

नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्कीले लिइन् शपथ

काठमाडौँ  । नेपालको पहिलो महिला प्रधानमन्त्री।मा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सपथ ग्रहण गरेकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले अहिले राति सपथ खाएकी हुन्

घाइतेको उपचारका लागि प्रादेशिक अस्पताल र जेनजी रुपन्देहको सहमति

रुपन्देही ।  जेनजी रुपन्देहीको पहलमा हाल चलिरहेको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण युवाहरूको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा निःशुल्क रूपमा हुने भएको छ । जेनजी रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पतालबीच भएको सहमतिअनुसार आन्दोलनमा घाइते भएका सम्पूर्ण व्यक्तिहरूलाई आवश्यक उपचार तत्काल उपलब्ध गराइनेछ । अस्पताल प्रशासनले निःशुल्क उपचारका लागि विशेष व्यवस्था मिलाएको र यसबारेमा सबै घाइते तथा […]

आज कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर साधारणतया बदली रहनेछ। दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागलगायत लुम्बिनी र सूदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र गण्डकी प्रदेशको पहाडी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र […]

सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनबारे टुङ्गो लगाउन छलफल हुँदै

काठमाण्डौ।  पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषय टुङ्गो लगाउन आज फेरि छलफल हुँदैछ । प्रधानसेनापति अशोकराज सिग्देलको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म विभिन्न राजनीतिक दलका नेता तथा संविधानविदसँग गरेको छलफलमा कार्कीको नेतृत्वमा सरकार गठन गर्न सहमति जुटिसकेको छ । तर संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति जुट्न बाँकी छ । हिजो […]

निषेधाज्ञा र कफ्यू खुकुलो भए पनि सार्वजनिक गाडी नचल्दा यात्रुलाई सास्ती

काठमाण्डौ।  काठमाण्डौ उपत्यकासहित देशका विभिन्न जिल्लामा कर्फयू र निषेधाज्ञा खुकुलो भए पनि सार्वजनिक गाडी नचल्दा यात्रुलाई सास्ती भएको छ । शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायले दिउँसोको निषेधाज्ञा र रातिको कर्फयूलाई केही खुकुलो बनाउँदै निरन्तरता दिएको छ । अत्यावश्यक कामको लागि भन्दै बिहान र बेलुका केहीबेर कर्फयू र निषेधाज्ञा हटाइएको छ । योबेला बजारमा किनमेल […]