देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिएका छन्। राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण गर्न र शान्ति कायम राख्नका लागि आफूले निरन्तर […]
लुम्बिनी प्रदेशमा राजधानीबाहेक प्रदेशभरका सरकारी संरचना र नेताका घरमा आगजनी, तोडफोड

बुटवल । जेनजी पुस्ताले मंगलबार गरेको प्रदर्शनले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका सरकारी कार्यालय ध्वस्त भएका छन्। सरकारी कार्यालय, दलका कार्यालय, नेताका घर मात्र होइन, ठूला व्यवसायी एवं पर्यटन व्यवसायीका संरचनामा पनि आगजनी र तोडफोड गरिएको छ। जनताको अर्बौं करबाट निर्माण भएका संरचना अहिले खरानी बनेका छन्। शासकहरूको क्रूरता र दमन पश्चात् फैलिएको जेन(जीको […]
जेनजीको माग संविधान र संसदबाटै पूरा गर्न सकिन्छ : प्रचण्ड

काठमाडौं । नेकपा .माओवादी केन्द्र० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी युवाहरूले उठाएका माग संविधान र संसदीय प्रक्रियाभित्रै समाधान हुन सक्ने बताएका छन् । उनका अनुसार संविधानबाहिर वा संसदको शून्यतामा निकास खोज्ने प्रयासले प्रतिगमनलाई मात्र फाइदा पुर्याउनेछ । प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले भने, “लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र हो, गणतन्त्रको विकल्प […]
लायन्स र लियो क्लबको रक्तदानः सय बढी प्वाइन्ट रगत सङ्कलन

चेतन विष्ट, कपिलवस्तु । देशको विषम परिस्थितीलाई मध्यनजर गर्दै लायन्स र लियो क्लबले कपिलवस्तुको चारनम्बरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय बढी प्वाइन्ट रगत सङ्कलन भएको छ । जेनजी आन्दोलनमा घाइते भएका सम्पुर्णहरुलाई उपचारको क्रममा रगत अभाव नहोस भन्ने उद्देश्यले आयोजित रक्तदान कार्यक्रममा उक्त रगत सङ्कलन भएको लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष नारायण पौडेलले जनहित […]
खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाण्डौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । विषम परिस्थितिका कारण मङ्गलवारदेखि बन्द रहेको विमानस्थल तत्काल लागू हुने गरी खुलाइएको विमानस्थल कार्यालयले जनाएको छ । आज बसेको विमानस्थल सुरक्षा समितिको निर्णय अनुसार विमानस्थल पुनः शुरू गर्ने निर्णय भएको विमानस्थल कार्यालयले निकालेको सूचनामा उल्लेख छ । हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग […]
त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ। मंगलबार बन्द गरिएको विमानस्थल अनिश्चितकालका लागि बन्द ग रिएको हो। विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको जनाएको हो।
कपिलवस्तुमा गाउँपालिकाको भवन तोडफोडमा संलग्न १२ जना पक्राउ

कपिलवस्तु । आन्दोलनका कारण असहज बनेको अवस्थामा जिल्लाबासीलाई सुरक्षा दिन सेना, प्रहरी र सशस्त्र परिचालन भएका छन् । सदरमुकाम तौलिहवामा माइकिङ गर्दै अत्यावश्यक कामबाहेक नहिँड्न, समूहमा नबस्न र पसल बजार बन्द गरेर घरघरमा बस्न आग्रह गरेको छ । सदरमुकाममा डीएसपी रिपेन्द्रकुमार सिंहको नेतृत्वमा सुरक्षा निकायका ३ अंगले नियमित गस्ती र पेट्रोलिङ बढाइएको छ । त्यस्तै […]
जेन-जी प्रदर्शन : मृतकको संख्या २५ पुग्यो

काठमाडौं । सोमबार र मंगलबार भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा भएका झडपमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार तथ्यांक सार्वजनिक गर्दै देशका विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये २५ जनाको मृत्यु भएको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार, आन्दोलनका क्रममा हालसम्म सात सयभन्दा बढी घाइते भएका छन्। तीमध्ये १९७ जनाको विभिन्न अस्पतालमा उपचार […]
लुटपाटमा संलग्न २७ जना पक्राउ : नगद र हतियारसमेत बरामद

काठमाण्डौ । काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा लुटपाटमा संलग्न २७ जना पक्राउ परेका छन् । अहिलेको परिस्थितिको अनुचित फाइदा उठाउँदै विभिन्न ठाउँमा लुटपाटमा संलग्न व्यक्ति र उनीहरुबाट नगद तथा हतियार बरामद गरेको नेपाली सेनाले जनाएको छ । गौशाला–चाबहिल–बौद्धलगायतका क्षेत्रबाट लुटपाटमा संलग्न र उनीहरुको साथबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद भएको हो । यस्तै काठमाण्डौका विभिन्न […]
राजनैतिक दलका झोले आएर तोडफोड गरेः जेनजी बाणगंगा

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका जेनजीहरुले २४ गतेको आन्दोलनमा राजनैतिक दलका झोले सदस्यहरु आएर तोडफोड गरेको जनाएको छ । आज जेनजी बाणगंगा समुहद्वारा एक विज्ञप्ती जारी गर्दै झोले सदस्यहरुले आएर आतङ्क मच्चाउने, तोडफोड गर्ने लगायतका विनाशकारी घटना निम्ताएको भन्दै क्षमा समेत मागेको छ । २४ गते दिनभरको गतिविधिलाई विज्ञप्तीमा संक्षेपमा समेट्दै अहिले जेनजी समुह […]