रुपन्देहीका शिक्षण संस्था आइतबारदेखि खुल्ने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । । रुपन्देहीको निजी तथा संस्थागत शिक्षण संस्थाहरु आइतबारदेखि सञ्चालन हुने भएका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अनिश्चितकालका लागि बन्द भएका शिक्षण संस्था आइतबारदेखि सञ्चालन हुने भएका हुन् ।

निजी तथा संस्थागत विद्यालयको संस्था प्याब्सन, एन प्याब्सन र हिसान रुपन्देहीले शनिबार संयुक्त रुपमा विज्ञप्ति निकाल्दै आइतबारदेखि पूर्ववत रुपमा शिक्षण सस्था सञ्चालन हुने जानाकारी गराएका छन् । विज्ञप्तिमा आन्दोलनका क्रममा भएको ज्यादति र शैक्षिक संस्थामाथिको आक्रमणको निन्दासमेत गरेका छन् । यसबिचमा सरोकारवालाले देखाएको धैर्यतालाइ धन्यवाद समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *