काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर साधारणतया बदली रहनेछ।
दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागलगायत लुम्बिनी र सूदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र गण्डकी प्रदेशको पहाडी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।


