जगदीशपुर ताल केवल पानीको ताल होइन, यो समृद्ध भविष्यको सपना हो

अभियान्ता ई देवेन्द्र कुमार शर्मा लेख्छन जगदीशपुर ताल केवल पानीको ताल होइन, यो कपिलवस्तुका हजारौं किसानको आशा, स्थानीय जनताको त्याग र समृद्ध भविष्यको सपना हो। १५ वर्षदेखि तालको क्षमता बढाउने, सिँचाइ सुनिश्चित गर्ने र पर्यटन विकास गर्ने योजना केवल कागजमै सीमित छ। पूर्वपट्टि जहाँ स्थानीय बासिन्दाले आफ्नै जग्गा दिए, त्यहीँ माटो […]
पिपरा कोठी महिला सामुदायिक बनको आयोजनामा १० दिने बाध्यवाधन तालिम सुरु

सागर बेल्बासे, कपिलवस्तु । पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समूह बाणगंगा २ पिपराको आयोजनामा महिला सशक्तीकरणका लागि बाध्यबाधन (मादल) बजाउने तालिम को सुरु भएको छ। कोठी महिला सेवा सामुदायिक बनको उपभोक्ता रहेका ५ वटा टोल बाट २५ जना र समिति भित्र रहेका ९ जना महिला सहित ३४ जना महिलाहरुका लागि १० दिन सम्म […]
क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान

कपिलवस्तु। यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति नियन्त्रण गर्न ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ । यात्रु सङ्ख्या बढाउने उद्देश्यले राखिएका अतिरिक्त सिट, मुडा र कुर्ची हटाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सवारी व्यवस्थापनमा कडाइ गरेको हो । कार्यालय प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि पूर्व–पश्चिम महेन्द्र राजमार्गमा […]
अझै केही दिन पानी पर्ने, आज तीनवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । अझै केही दिन पानी पर्ने मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका एक, दुई ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङ सहित ठूलो वर्षाको सम्भावना छ । अरु प्रदेशका केही ठाउँमा पनि हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि कोशी, मधेश, बागमती, गण्डकी […]
रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रका स्थानीय अन्योल र चिन्तामा
बुटवल । बुटवल उपमहानगरपालिका–१८ धन्दापुरका भीमबहादुर घिमिरे यतिबेला अन्योल र चिन्तामा छन् । विगत पाँच वर्षदेखि ‘गिता पोल्ट्री फार्म’ सञ्चालन गर्दै आएका उनले केही समयअघि ऋण लिएर व्यवसाय विस्तार गरेका थिए । हाल पुरानो खोरमा करिब ५ सय कुखुरा छन् भने नयाँ खोरमा १ हजार कुखुरा राख्ने क्षमता निर्माण गरिएको छ । २०३६ सालदेखि बुवाले खेतीपाती […]
कपिलवस्तुको विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान सञ्चालन

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा किड्सद्वारा सञ्चालित ‘सबल बालिका, सबल समुदाय’ परियोजना अन्तर्गत बालबालिका तथा परिवार गतिविधिका लागि ‘एक घर, एक पठन कुना’ सिकाई उपलब्धीलाई प्रभावकारी बनाउन शैक्षिक सामग्री सहयोग गरिएको छ । किड्स संस्थाकी फिल्ड सुपरभाइजर बबिता विश्वकर्माका अनुसार परियोजना अन्तर्गत विद्यार्थीहरूलाई नम्बर गन्ने सामग्री, स्पन्ज अक्षर, स्पन्ज नम्बर, चरा […]
कपिलवस्तुमा रास्वपाको संगठन विस्तारः महाराजगंज–८ मा पहिलो वडा समिति गठन

कपिलवस्तु। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कपिलवस्तुमा आफ्नो साङ्गठनिक संरचनालाई टोल र वडा तहसम्म पुर्याउने कार्यको औपचारिक सुरुवात गरेको छ । सोही अन्र्तगत महाराजगंज नगरपालिका वडा नं. ८ मा सम्पन्न विशेष भेलाले पहिलो पटक ’वडा तदर्थ समिति’ गठन गरी नयाँ अध्यायको सुरुवात गरेको हो । जिल्लाका अन्य स्थानीय तहहरूमा संगठन निर्माणको तयारी भइरहँदा महाराजगंज–८ ले […]
नहरमा पर्याप्त पानी भएपछि चैते धानखेतीतर्फ किसानको आकर्षण घट्दो

बाँके । सिक्टा सिँचाइ आयोजनाले सिँचाइका लागि नहरमा पर्याप्त पानी छोडे पनि बाँकेमा चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्न सकेको छैन । गहुँखेती भित्र्याएपछिको खाली जमिन सदुपयोगका लागि चैते धान उपयोगी भए पनि बाँकेमा किसानहरु व्यावसायिक रुपमा चैते धानखेतीतर्फ आकर्षित हुन नसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए । उनका […]
हँसाउने मात्र होइन, सोचाउने सामग्री कहिले बनाउने ?

नेपाली कलाकारहरूलाई प्रश्न आजको डिजिटल युगमा समाजले आफूलाई बुझ्ने तरिका नै परिवर्तन भएको छ। मानिसले वास्तविक अनुभवभन्दा बढी स्क्रिनमार्फत देखिएको संसारलाई सत्य ठान्न थालेको छ। चलचित्र, टेलिभिजन र सामाजिक सञ्जालमा प्रस्तुत हुने कथा, पात्र र दृश्यहरूले केवल मनोरञ्जन मात्र दिँदैनन्, ती समाजको सोच, मूल्य र व्यवहार निर्माण गर्ने शक्तिशाली माध्यम बनेका छन्। यस्तो अवस्थामा सामग्री […]
राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान कपिलवस्तुको अध्यक्षमा बेल्वासे चयन

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कपिलवस्तुको अध्यक्षमा बुद्धि सागर बेल्वासे चयन हुनुभएको छ । प्रतिष्ठानको दोस्रो अधिवेशनले बेल्वासेको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकोे हो । जसको उपाध्यक्षमा बाबुराम खनाल, महिला उपाध्यक्षमा राधा पाण्डे, सचिवमा लिलापति घिमिरे, कोषाध्यक्षमा घनस्याम घिमिरे, सहसचिवमा पम्फा पाण्डे खनाल, सहकोषाध्यक्षमा दधिराम […]