कपिलवस्तुमा रोकिराखेको ट्रकमा स्कार्पियो ठोक्किँदा दुई जनाको मृत्यु, तीनजना घाइते

कपिलवस्तु । बहादुरगन्ज–तौलिहवा हुलाकी सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका– १२, पिपरहवास्थित रोकीराखेको ट्रकमा गएर शनिबार ९ बजेतिर स्कार्पियो ठोक्किँदा दुई जनाको मृत्यु भएकोछ । बहादुरगन्जबाट तौलिहवा आउँदै गरेको युपी–३२ सिए ८३४३ नम्बरको स्कार्पियो र उक्त दिशातर्फ आउँदै आएर साइड लगाई रोकिराखिएको लु १ ख ९५४९ नं. को ट्रकमा ठक्कर खाँदा महाराजगन्ज नगरपालिका ११ बनगाई बस्ने […]
१९ सय प्रहरीको सुरक्षामा मनोहराको सुकुमवासी बस्ती भत्काउन सुरु

भक्तपुर । यहाँको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ । आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए। उनका अनुसार उक्त बस्तीका बासिन्दाले आफैँ आफ्ना […]
कपिलवस्तुमा पनि हुलाक मार्फत राहदानी वितरण सुरु

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले राहदानी (पासपोर्ट) वितरणलाई थप सहज बनाउन हुलाक सेवा मार्फत घरमै पु¥याउने व्यवस्था सुरु गरेको जनाएको छ। कार्यालयले एक सूचना जारी गर्दै नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत १३ गतेको निर्णयअनुसार प्रशासनिक सुधार कार्यक्रम अन्तर्गत उक्त व्यवस्था लागू गरिएको जनाएको हो। यस व्यवस्था अनुसार राहदानी विभागबाट प्राप्त भइसकेका राहदानीहरू अब […]
सिद्धार्थ क्याम्पसको १६औँ क्याम्पस सभा सम्पन्न, गुणस्तरीय शिक्षामा जोड

चेतन विष्ट, कपिलवस्तु । सिद्धार्थ क्याम्पस बुङ्चि कपिलवस्तुको १६ औँ क्याम्पस सभा सम्पन्न भएको छ । आज शनिवार भएको क्याम्पस सभामा क्याम्पसको शैक्षिक उन्नति, व्यवस्थापनका चुनौती र शिक्षा सुधारका योजना बारे छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेस सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि विष्णु पन्थिले पछिल्लो समय विद्यार्थीको तुलनामा विद्यालय बढि सञ्चालन हुन […]
क्लिनिकको लापरबाहीले गर्भवतीको मृत्यु भएको आरोप : तीन जना पक्राउ

बुटवल । बुटवलस्थित क्लिनिकमा उपचारका क्रममा चरम लापरबाही हुँदा एक गर्भवती महिलाको ज्यान गएको भन्दै जाहेरी परेको छ। पाल्पाको बगनासकाली गाउँपालिका-२ की गीता पाण्डेको गर्भपतन गराउने प्रक्रियामा स्वास्थ्य बिग्रिएर मृत्यु भएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो। आइतबार साँझ पाण्डेको मृत्यु भएपछि आक्रोशित आफन्तले पाँच जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दर्ता गराएका छन्। […]
बुद्धभूमि–१० का ७१६ परिवारलाई लालपुर्जा प्रदान

कपिलवस्तु । बुद्धभूमि नगरपालिका वडा नं. १० को एक साधारण देखिने कार्यक्रममा आइतबार असाधारण खुशी छाएको थियो। भीडमा उभिएका अनुहारहरूमा एउटै भाव थियो—वर्षौँदेखि जोतभोग गर्दै आएको आफ्नो जमिन अब कानुनी रूपमा आफ्नै भएको अनुभूति। उही भीडमा थिए ८० वर्षीय श्यामलाल केवट। हातमा लालपुर्जा समाउँदै उनी केही क्षण शब्दविहीन बने। दशकौँदेखि आफूले जोतेको जमिन आफ्नै हो […]
गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ । पछिल्लो गणनाअनुसार ३० प्रजातिका नयाँ चरा थपिएसँगै जिल्लामा हालसम्म फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको हो । नेपाल पन्छी संरक्षण सङ्घले जिल्लामा गरेको पछिल्लो गणनाको क्रममा थाप्ले सत्यवती वन क्षेत्रमा थप ३० प्रजातिका नयाँ चरा फेलापरेका हुन् । जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती […]
एम्बुलेन्सको ठक्करबाट बर्दियामा एकै परिवारका २ जनाको मृत्यु

काठमाडौं । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बी एए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान करिब सवा पाँच बजेतिर गुलरिया नगरपालिका–७ स्थित वन डिभिजन कार्यालय नजिक चार जना पैदलयात्रीलाई ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट गुलरिया […]
मधेशमा हिजोको हावाहुरीले तीन जनाको ज्यान गयो

काठमाण्डौ । मधेश प्रदेशमा हिजोको हावाहुरीले तीन जनाको ज्यान गएको छ । महोत्तरीको जलेश्वरमा हावाहुरीले रुख टेम्पोमाथि खस्दा दुई जनाको र सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको ज्यान गएको हो । हावाहुरीका कारण हिजो बेलुका रुख ढलेको र ढलेको रुखले जलेश्वर नगरपालिका–९ परकौली सडकमा गुडिरहेको ज १ घ ४८५० नम्बरको टेम्पोलाई थिचेको जिल्ला प्रहरी कार्यालय […]
प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको छलफल सङ्घ र प्रदेश सरकारसँग सम्बन्धित विविध महत्त्वपूर्ण र गहन विषयमा हुनेछ । दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने यो छलफल सङ्घ-प्रदेश समन्वयलाई अझ प्रभावकारी बनाउने महत्त्वपूर्ण पहलका रूपमा पनि […]