आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै

काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन् । अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक […]
शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा नगरप्रमुख छविलाल पौडेलको अध्यक्षता, उपप्रमुख गीता भाट र प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाको विशिष्ट आतिथ्यता रहेको थियो। साथै, वडा अध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दल तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो। […]
नयाँ वर्षकै दिन ग्यालेक्सीको सहयोग, २०८३ मा सहयोगलाई तिव्र पारीने अध्यक्ष गिरीको भनाई

जनहित अनलाइन, कपिलवस्तु । स्थापना भएको छोटो समयमै विभिन्न कार्य गरेर चर्चा कमाएको कपिलवस्तुको ग्यालेक्सी युथ क्लबले नयाँ वर्ष २०८३ को पहिलो दिनमै आर्थिक रुपमा विपन्न एक परिवारलाई सहयोग गरेको छ । बाणगंगा नगरपालिका–८ मोर्मी निवासी दुबी थारुको परिवारलाई खाद्यान्न सहित विभिन्न सामाग्रि प्रदान गरेको क्लबका अध्यक्ष गिरीले जनहित अनलाइन सङ्ग बताएका छन । अध्यक्ष […]
पिपरा कोठी महिला सेवा सामुदायिक वनले गर्यो ४७ जेष्ठ नागरिकलाई सम्मान

कपिलवस्तु । बाणगंगा नगरपालिका–२ मा अवस्थित पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समूहले जेष्ठ नागरिकलाई सम्मान गरेको छ। सोमबार आयोजित एक विशेष कार्यक्रममा वनले नगदसहित ४७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो। कार्यक्रममा समूहका अध्यक्ष भिमसेन कार्कीले जेष्ठ नागरिक समाजका मार्गदर्शक र अनुभवका धनी भएको उल्लेख गर्दै उनीहरुको सम्मान गर्नु सबैको दायित्व भएको बताउनुभयो। […]
मोर्मी युवा विकास तथा सामाजिक संस्थाः प्रत्येक शनिबार श्रमदान अभियान सञ्चालन

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका– ८ अन्तर्गत पर्ने मोर्मी टोलमा “मोर्मी युवा विकास तथा सामाजिक संस्था” ले प्रत्येक शनिबार श्रमदान अभियान सञ्चालन गरेको छ । यहि चैत्र देखि हरेक शनिवार श्रमदान मार्फत टोलका सडक सरसफाइ, फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सम्बन्धी कार्य गरिने संस्थाले जनहित अनलाइन सङ्ग बताएको छ । स्थानीय युवाहरूको सक्रिय […]
भुत पुर्व सैनिक स्कुलको सातौँ वार्षिक उत्सव,अभिभावक दिवस, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

जनहित अनलाइन,कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका ८ मा अवस्थित भुत पुर्व सैनिक स्कुलले सातौँ वार्षिक उत्सव, अभिभावक दिवस, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्रागंणमा भव्य कार्यक्रमको आयोजना गरि स्कुलको सातौँ वार्षिक उत्सव, अभिभावक दिवस, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको प्रिन्सिपल डम्बर बहादुर सो्मैले बताउनुभयो । कार्यक्रममा […]
हथौसा लिटिल स्टार बोर्डिङ्ग स्कुलको २२ औं वार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न

जनहित अनलाइन,कपिलवस्तु । हथौसा लिटिल स्टार ईङ्गलिश बोर्डिङ्ग स्कुल बाणगंगा ११ ओदारी कपिलवस्तुको २२ औं वार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । विद्यालयको प्रागंणमा भव्य कार्यक्रमको आयोजना गरि स्कुलको २२औं बार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न गरिएको प्रिन्सिपल सुन्दर पाण्डेले बताउनुभयो । कार्यक्रममा एक शैक्षिक सत्र […]
जितपुर मन्टेश्वरीको सातौँ वार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका १ मा अवस्थित जितपुर मन्टेश्वरी स्कुलले सातौँ वार्षिक उत्सव, अभिभावक दिवस, नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । स्कुलको प्रागंणमा उक्त कार्यक्रमको आयोजना गरि कक्षा नर्सरीदेखी यु–केजी सम्मको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको नतिजा प्रकाशन तथा पुरस्कार वितरण गरिएको हो । कार्यक्रममलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाकी […]
शितगंगा–१३ मा १ दिने पशु शिविर कार्यक्रम सम्पन्न

चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ मा १ दिने पशु शिविर कार्यक्रम सम्पन्न भएको छ । पशुपालनमा लागेका कृषकहरुको समस्यालाई मध्यनजर गर्दै वडा सभा तथा नगर सभा बाट स्विकृत कार्यक्रम अन्तर्गत उक्त शिविर सञ्चालन गरिएको नगर पशु विकास शाखाका प्रमुख मनिष खड्काले बताउनुभयो । वडा नम्बर १३ सहित सिङ्गो शितगंगा नगरपालिकाका अधिकाशं नागरिक कृषिमा […]
कपिलवस्तु नगरपालिकाको उन्नाइसौँ नगरसभा सम्पन्न

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाको उन्नाइसौँ नगरसभाले विकास निर्माण, जनस्वास्थ्य र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विभिन्न प्रस्तावहरू स्वीकृत गरेको छ। नगरसभामा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरेले जनताको इच्छा र आवश्यकताअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले जनताको हक–हित सुनिश्चित गर्दै देखिएका समस्या सामूहिक रूपमा समाधान गर्नुपर्ने बताउनुभयो। नगर प्रमुख सुदीप पौडेलले कार्यपालिकाबाट प्रस्तुत […]