नयाँ वर्षकै दिन ग्यालेक्सीको सहयोग, २०८३ मा सहयोगलाई तिव्र पारीने अध्यक्ष गिरीको भनाई

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । स्थापना भएको छोटो समयमै विभिन्न कार्य गरेर चर्चा कमाएको कपिलवस्तुको ग्यालेक्सी युथ क्लबले नयाँ वर्ष २०८३ को पहिलो दिनमै आर्थिक रुपमा विपन्न एक परिवारलाई सहयोग गरेको छ । बाणगंगा नगरपालिका–८ मोर्मी निवासी दुबी थारुको परिवारलाई खाद्यान्न सहित विभिन्न सामाग्रि प्रदान गरेको क्लबका अध्यक्ष गिरीले जनहित अनलाइन सङ्ग बताएका छन ।

अध्यक्ष गिरीका अनुसार नयाँ वर्ष विपन्न परिवार सङ्ग मनाएको भन्दै यो वर्षपनि क्लबले यस्तै विभिन्न सामाजिक कार्य गर्ने बताए । दुबी थारुको परिवारलाई चामल, तेल, नुन, बेसार, दाल, साबुन, सरफ लगायत विभिन्न सामाग्रि प्रदान गरिएको उनले बताए । क्लब समाजका निम्न आर्थिक अवस्था भएका परिवार सङ्ग सधै साथमा रहेको भन्दै उनीहरुको छाक टार्न सहज होस भन्ने उद्देश्यले सहयोग गरिएको बताए ।

दुबी थारुको परिवारमा उनी र उनकी एक जना छोरी मात्र छिन । छोरी सानै रहेको र शारीरिक अपाङ्ग समेत रहेको क्लबले जनाएको छ । सहयोग कार्यक्रममा क्लबका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *