पिपरा कोठी महिला सेवा सामुदायिक वनले गर्यो ४७ जेष्ठ नागरिकलाई सम्मान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । बाणगंगा नगरपालिका–२ मा अवस्थित पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समूहले जेष्ठ नागरिकलाई सम्मान गरेको छ। सोमबार आयोजित एक विशेष कार्यक्रममा वनले नगदसहित ४७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो।

कार्यक्रममा समूहका अध्यक्ष भिमसेन कार्कीले जेष्ठ नागरिक समाजका मार्गदर्शक र अनुभवका धनी भएको उल्लेख गर्दै उनीहरुको सम्मान गर्नु सबैको दायित्व भएको बताउनुभयो। उहाँले सामुदायिक वनले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैगरी, बाणगंगा नगरपालिका–२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले यस्ता कार्यक्रमले समाजमा जेष्ठ नागरिकप्रति सम्मान र सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सामुदायिक वनले सामाजिक क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

बाबुराम पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव ममता राना मगरले गर्नुभएको थियो।

कार्यक्रममा सम्मानित जेष्ठ नागरिकहरुलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा स्थानीयवासी, उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *