कपिलवस्तुमा रोकिराखेको ट्रकमा स्कार्पियो ठोक्किँदा दुई जनाको मृत्यु, तीनजना घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु ।  बहादुरगन्ज–तौलिहवा हुलाकी सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका– १२, पिपरहवास्थित रोकीराखेको ट्रकमा गएर शनिबार ९ बजेतिर स्कार्पियो ठोक्किँदा दुई जनाको मृत्यु भएकोछ ।

बहादुरगन्जबाट तौलिहवा आउँदै गरेको युपी–३२ सिए ८३४३ नम्बरको स्कार्पियो र उक्त दिशातर्फ आउँदै आएर साइड लगाई रोकिराखिएको लु १ ख ९५४९ नं. को ट्रकमा ठक्कर खाँदा महाराजगन्ज नगरपालिका ११ बनगाई बस्ने ५० वर्षे राधेश्याम कुर्मी र शिवराज नगरपालिका ६, धर्मनगर बस्ने ५५ वर्षे चिन्नी कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए ।

उपचारका लागि सदरमुकाम तौलिहवास्थित जिल्ला अस्पताल पुर्‍याइएका दुबै जनाको राति १० बजे मृत्यु भएको हो । त्यस्तै कपिलवस्तुकै महाराजगन्ज नगरपालिका ११, वनगाई बस्ने ६५ वर्षे नन्दप्रसाद दुबे, शिवराज नगपालिका १० लालपुर बस्ने २८ वर्षे मोतिलाल कुर्मी र शिवराज नगरपालिका ११ बस्ने २० वर्षे सुरेश कुर्मी घाइते भएका छन् ।

उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ट्रक चालक कपिलवस्तु बुद्धभूमि नगरपालिका ९, इमिलिया बस्ने २८ वर्षे सुरज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *