आज अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदै

काठमाण्डौ । दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न देशमा अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदैछ । यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरुप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ । सन् १९८० को दशकदेखि परिवारसँग सम्बन्धित विषयमा राष्ट्रसङ्घले विशेष ध्यान दिन थालेको […]
अस्पतालको ३८ लाख हिनामिना प्रकरणः ५ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकास्थित आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको रकम हिनामिना प्रकरणमा अस्पताल र बैंकका पाँच जना कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आर्थिक वर्ष २०८१/०८२ को कारोबारमा अनियमितता भएको उजुरीपछि अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराई,चन्द्रौटा […]
बाणगंगामा बजार अनुगमन, बजार व्यवस्थित बनाउने अभियानलाई निरन्तरता दिइने

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले बजार व्यवस्थापन, उपभोक्ता हित संरक्षण तथा व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले बजार अनुगमन गरेको छ । मंगलबार नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बर जीतपुरमा गरिएको अनुगमनमा नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख तथा बजार अनुगमन समितिकी संयोजक रिता कुमारी चौधरीसहित नगरपालिकाका कर्मचारी, सुरक्षाकर्मी र सरोकारवालाको सहभागिता रहेको थियो । अनुगमनका क्रममा केही व्यवसायीले नगरपालिकामा […]
बाणगंगाको राजपुरमा “कपिलवस्तु डिवाईसी कप नकआउट फुटबल प्रतियोगिता” हुँदै

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ राजपुरमा “कपिलवस्तु डिवाईसी कप नकआउट फुटबल प्रतियोगिता” आयोजना हुने भएको छ । दर्पण युवा क्लबको आयोजनामा यही जेठ ५ गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा जिल्लाका विभिन्न क्लब तथा टोलीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । युवाहरुमा खेलप्रति आकर्षण बढाउने, प्रतिभावान खेलाडीको पहिचान गर्ने तथा खेलमार्फत आपसी भाइचाराको […]
एसईई नतिजामा बाणगंगाः ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण, केही विद्यालयको शतप्रतिशत नतिजा

चेतन विष्ट, कपिलवस्तु । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाणगंगा नगरपालिकामा ६७.५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । सोमबार राति प्रकाशित नतिजामा केहि विद्यालयको शत प्रतिशत नतिजा सहित ६७.५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन । नगर भित्रका ३३ विद्यालय बाट सहभागि कुल १ हजार ८ सय ९ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १ […]
एसईईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनुत्तीर्ण भएकालाई आउँदो असार एक गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने भएको छ । नन्ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् । बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यसवर्ष एसईईमा नियमिततर्फ दुई लाख ८४ हजार १ सय ६० विद्यार्थी उत्तीर्ण भएको र एक लाख ४६ हजार ५सय ७ नन्ग्रेडेड भएको जानकारी दिनुभयो । […]
कपिलवस्तुका विभिन्न ठाउँ बाट अवैध सामान तथा कुखुरा बरामद

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुका विभिन्न ठाउँबाट अवैध रुपमा नेपाल ल्याइएका विभिन्न सामाग्रि र कुखुरा बरामद गरिएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ९ बैरेनि चोक स्थित भारतबाट नेपाल तर्फ भन्सार छलि अवैध रुपमा ल्याउँदै गरेका सामाग्रि प्रहरीले बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार करिब २२ हजार २ सय बजार मुल्य […]
पर्यटकलाई घरायसी जडीबुटी र तरकारी बेच्दै अर्घाखाँचीका स्थानीय

अर्घाखाँची । सन्धिखर्क–गोरुसिंगे सडक खण्डको नरपानी पिकनिक स्थलछेउमै स्थानीय मनबहादुर रायमाझीले बोरा र प्लास्टिक बिछ्याएर स्थानीय घरायसी जडीबुटी र तरकारी बिक्रीका लागि राखेका छन् । उनका ग्राहक नरपानी आएका पर्यटक हुन् । सिस्नो, सिस्नोको धूलो, पखनवेद, टिमुर र तरकारी दैनिक बेच्छन् । ‘तरकारी आफ्नै बारीमा उत्पादन गर्छु,’ उनले भने, ‘जडीबुटी त जंगल चहार्दै खोज्नुपर्छ । राम्रो बिक्री […]
लुम्बिनी प्रदेश सरकारः १० देखि १५ प्रतिशत घटाएर पठाइयो बजेट सिलिङ

बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष (२०८३/०८४) कालागि बजेटको आकार घटाउने तयारी गरेको छ । सोही अनुसार मातहतका मन्त्रालयहरूलाई करिब १० देखि १५ प्रतिशतसम्म घटाएर बजेटको सिलिङ पठाइएको छ । चालु आर्थिक वर्षको तुलनामा घटाइएको सिलिङका आधारमा मन्त्रालयहरूलाई पुँजीगत तथा चालु दुवै शीर्षकमा कार्यक्रम प्रस्ताव गर्न भनिएको छ । […]
विजयनगरका सुनौलो हजार दिने आमालाई पोषण बाली

कपिलवस्तु । आमा र साना बालबालिकाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको जीवनको सबैभन्दा संवेदनशील चरण-सुनौलो १००० दिन-लाई केन्द्रमा राख्दै कपिलवस्तुको विजयनगर गाउँपालिका-१ मा आशा जगाउने पहल गरिएको छ । पोषण अभावले जकडिएको ग्रामीण यथार्थबीच यहाँका आमाहरूका हातमा पोषणयुक्त बालीका बीउ पुगेका छन् । जसले केवल खेती होइन, भविष्यप्रतिको भरोसा पनि रोप्ने अपेक्षा गरिएको छ । गाउँपालिकाको समन्वयमा […]