जनहित अनलाईन,कपिलवस्त । अर्घाखाँचीमा जिल्लाको शितगङ्गा नगरपालिका वडा न। १४ मा अवस्थित श्री प्रभाकर माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता हुनेभएको छ।
शिक्षामा सुधार तथा विद्यार्थीहरूको ज्ञान अभिवृद्धि गर्ने उदेश्यले नगर भित्रका माध्यमिक विद्यालयहरु बिच हाजिरी जवाफ प्रतियोगिता हुन लागेको बताइएको छ । श्री प्रभाकर माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरुको समुहले प्रभाकर मा।वि मा उक्त कार्यक्रम गर्ने लागेको गगन रेस्मीले बताउनु भयो।
जेष्ठ १२ गते संचालन हुने प्रतियोगितामा प्रथम हुने समुहले रु।१५,००० हजार रुपैयाँ प्राप्त गर्ने छन। दोस्रो स्थान हासिल गर्नेले रु।१०,००० रुपैयाँ र तेस्रो स्थान हासिल गर्ने समुहले रु।५,००० रुपैयाँ प्राप्त गर्ने सक्नेछन । प्रतियोगितामा सहभागी समुहहरुले जेष्ठ ११ गते सम्म नाम उपलब्ध गराउन सक्ने आयोजक सस्थाले जनाएको छ।


