रास्वपा हस्ताक्षर अभियानका सचिव प्रमोद न्यौपाने आज कपिलवस्तुको चारनम्बरमा 

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले सभापति रवि लामिछानेको पक्षमा सुरू गरेको हस्ताक्षर सङ्कलन अभियानमा अभियानका सचिव प्रमोद न्यौपाने सहितको टिम  पश्चिमदेखि पूर्वी  ‘देश यात्रा’मा निस्किएको छ । 


सोहि क्रममा आज मंगलबार न्यौपाने सहितको टिम कपिलवस्तुको बाणगङ्गा स्थित चारनम्बरमा आइपुगेको छ ।  न्यौपानेको अगुवाइमा चारनम्बर चोकमा स्टल राखेर आज बिहानै देखि हस्ताक्षर सङ्कलन गरिएको जिल्ला सभापति शिवकुमार सुवेदीले जानकारी दिनुभयो ।

बिहान देखी करिब ३०० जना बढिले हस्ताक्षर गरिसकेको सुवेदीले बताउनु भयो । हालसम्म जिल्लाभर तीस हजार बढिले हस्ताक्षर गरिसकेको उहाले बताउनु भयो  । 

साथै अगुवाहरूसँग दिउसो छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम रहने स्रोतले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *