पाल्पाको रिब्दीकोटमा कुटपिटबाट एक जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पाल्पा  । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, पालुङमैनादीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । पालुङमैनादीका स्थानीय झविन्द्र खाम्चाको कुटपिटबाट उनकै छिमेकी ४४ वर्षीय रामबहादुर अर्गालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मदिरा सेवन गरी सामान्य झगडामा भएको कुटपिटबाट घाइते भएका अर्गालीको उपचारपछि फर्केर घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी पवन कुमार भट्टराईले बताए । प्रहरीले घटनामा संलग्न आरोपमा कुटपिटमा संलग्न खाम्चालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

मदिरा सेवनका क्रममा सामान्य कुटपिटबाट घाइते भएका रामबहादुरलाई उपचारका लागि अस्पताल लगेका थिए । अस्पतालपछि फर्केर घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । संगै हिड्ने साथीभाई भएको र अनुसन्धानका क्रममा योजनावद्ध कुटपिट गरेको पुष्टि हुन सकेको नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *