रासायनिक मल वितरण गर्ने प्रस्तावसहित ३ दिनभित्र उपस्थित हुन कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको प्रभावकारी वितरण गर्ने प्रस्ट प्रस्तावसहित तीन दिनभित्र उपस्थित हुन कृषि, तथा पशुक्षी विकासमन्त्रीलाई निर्देशन दिनुभएको छ । रासायनिक मलको अभाव भएको गुनासोबारे प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा कृषिमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित मन्त्रालयका अधिकारीसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्री ओलीले मन्त्री र कर्मचारीको […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ५ महिनादेखि सुनसान

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएर सञ्चालनमा आइसकेपछि रुपन्देही र आसपासका नेतारअगुवा गर्वले छाती फुलाउँदैं ‘समृद्धि’को गफ दिन्थे । विमानस्थल सञ्चालनपछि जिल्लाको पर्यटन र त्यससँग सम्बन्धित व्यावसायमा कायापलट हुने उनीहरुले बताउँदै आएका थिए । तर, सञ्चालनमा आएको लामो समयसम्म अन्तर्राष्ट्रिय उडानको ठेगान नभएपछि अहिले निराशा व्यक्त गर्न थालेका छन् । पहिले विमानस्थल […]

कपिलवस्तुको मायादेवी साझेदारी बन देशमै तृतिय बन्यो

कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी साझेदारी वन उपभोक्ता समूह देशभरमै तेस्रो भई पुरस्कृत भएको छ । साझेदारी वनको संरक्षण, संबद्र्धन, दिगो उपयोग, बातावरण सन्तुलन तथा जैविक बिबिधता संरक्षणमा एवं गरिबी न्यूनिकरणमा उल्लेखनीय कार्य गरेकामा सामुदायिक वन दिवश २०८२ को अवसर पारेर साझेदारी वन सम्मानित भएको हो । साझेदारी वनलाई नगद २५ हजार सहित प्रमाणपत्र हस्तान्तरण […]

पाल्पाको रिब्दीकोटमा कुटपिटबाट एक जनाको मृत्यु

पाल्पा  । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, पालुङमैनादीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । पालुङमैनादीका स्थानीय झविन्द्र खाम्चाको कुटपिटबाट उनकै छिमेकी ४४ वर्षीय रामबहादुर अर्गालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मदिरा सेवन गरी सामान्य झगडामा भएको कुटपिटबाट घाइते भएका अर्गालीको उपचारपछि फर्केर घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी पवन […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : अब भिजिटर पास वितरण बन्द

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गर्ने भएको छ । विमानस्थलमा भिजिटर पासका लागि भनसुन गरी लिने तथा पहुँच नभएका व्यक्तिले नपाउने गरेको गुनासो आएकाले भिजिटर पास बन्द गर्न लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले बताउनुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समितिको […]