किरिया बस्दा पनि सेवाग्राहीको काम गर्दै कनकासुन्दीका लेखापाल आचार्य

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जुम्ला । जुम्लाको हिमा गाउँपालिका-१ लिही गाउँका शंकर आचार्य  कनकासुन्दी गाउँपालिका लेखापाल हुन्। आचार्यलाई अहिले मातृ शोक परेको छ। तर,आचार्यले जनताको सेवा प्रवाहमा असर नपरोस् भनेर नियमित काममा खटिरहेका छन्।

यहीँ १६ गते आचार्यको आमा स्वर्गवास भइन्। १७ गते हिन्दु परम्परा अनुसार दाहसंस्कार गरियो। आचार्य १८ गतेदेखि नियमित कार्यालयको काम गरिरहेका छन्।

उनले भने, ‘आर्थिक वर्ष सकिन लाग्ने बेला जनताले गरेका विकास निर्माणमा गरेका भुक्तानी, कर्मचारीको तलब लगायतका महत्त्वपूर्ण कामहरू ओझेलमा नपरोस् भन्ने छ। त्यसैले काम गरिरहेको छु।’

आमा जयलक्ष्मी आचार्यको ८१ वर्षको उमेरमा प्रदेश अस्पताल सुर्खेत मृत्यु भएको थियो। लेखासँग सम्बन्धित कार्यालयका दैनिक कामकाजमा कुनै पनि समस्या सृजना नहोस् भनेर दिनरात अहोरात्र खटेर काम गरिएको बताए।

नेपाल सरकारको नियमअनुसार १५ दिन क्रिया बिदा पाइन्छ। तर,लेखा जस्तो महत्त्वपूर्ण शाखामा नियमित उपस्थिति नहुँदा सेवाग्राहीलाई मर्का पर्ने उनी बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *