कपिलवस्तु हाटबजार व्यवसायी समितिका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ सङ्गै पदभार ग्रहण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तु हाटबजार व्यवसायी समितिका नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरि पदभार ग्रहण गरेका छन् । मंगलबार बाणगंगा नगरपालिका १ बैरियामा रहेको समितिको आफ्नै सभाहलमा आयोजिक एक कार्यक्रमका बीच समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरेसंगै पदभार ग्रहण गरेका हुन् । निर्वाचन मण्डलका संयोजक मुक्तिराम कडेलले सपथ ग्रहण गराएका हुन् ।

समितिको अध्यक्षमा यमलाल बेल्वासे सङ्गै २२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । अधिवेशनले समितिको वरिष्ठ उपाध्यक्षमा गोविन्द पोख्रेल, उपाध्यक्षहरुमा मधु केसी, रत्ना कार्की, देवीप्रसाद बेल्वासे, सचिवमा गणेश कुमार न्यौपाने, सहसचिवमा सरिता केसी, हुम बहादुर बेल्वासे, कोषाध्यक्षमा अब्दुल अजिज सिद्धिकीलाई चयन गरेको छ । निर्वाचन मण्डलका अनुसार कार्यसमिति सदस्यहरुमा खडक बहादुर ठकुरी, आयुसा श्रेष्ठ, विनोद कुमार गुप्ता, कृष्ण बहादुर विष्ट, मैफुज आलम, गुन बहादुर नेपाली, दुर्गा पौडेल, शैलेन्द्र लोध, पिरुल्ला मुसलमान, सिता नेपाली, केशव खरेल, कमला नेपाली र सन्तोषी सारु निर्विरोध निर्वाचित भएका हुन् ।

No description available.

कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सञ्जु सारु मगरले समितिले अनेकौं समस्याका बिच पनि उत्कृष्ट कार्य गर्दै आइरहेको भन्दै प्रशंसा गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष सारुले नयाँ कार्यसमितिले आगामी दिनमा पनि सम्पुर्ण व्यापारी व्यवसायीहरुको हकहितको लागि काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो । कार्यालयमा कम्प्युटर आवश्यक देखिएकोले कम्प्युटर खरिदको लागि केही प्रतिशत बजेट प्रदान गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष पबित्रा सोमैले आफ्नो कार्यकालमा संस्थाको विकासको लागि तिव्र रुपमा खटिएर काम गरेको स्मरण गर्दै आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै निर्वाचन संयोजक मुक्तिराम कडेलले नयाँ कार्यसमितिले केही असन्तुष्ट व्यापारीलाई पनि समेटेर लैजानेमा विश्वास व्यक्त गर्नुभयो । नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्न सहयोग गरेकोमा सम्पुर्णलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

No description available.

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *