परासी । पश्चिम नवलपरासीको सुनवलबाट प्रहरीले भन्सार छली गरेको ७ लाख बराबरको लत्ता कपडा बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अर्न्तगत सुनवलमा बा प्र ०३ –००१ ख २६४८ नम्बरको बसको डिक्कीमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले १४ बोरा कपडा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार कपडा तस्करी भइरहेको भन्ने सूचनाको आधारमा बसलाई जाँच गर्दा राजश्व छली गरेको भेटिएकोले कपडा बरामद गरिएको हो ।
बरामद भएको कपडामा कुर्ता सुरुवाल, साडी, सल लगायतका तयारी लत्ता कपडा छन् । बरामद भएको सामानलाई महेशपुर भन्सार कार्यालयमा आवश्यक कारबाहीको लागि बुझाइएको छ ।

