सिद्धारा कृषि तथा पशु विकास महिला सहकारीको आठौं साधरणसभा सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितंगगा नगरपालिका वडा नम्बर ११ मा रहेको सिद्धारा कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको आठौं साधरणसभा सम्पन्न भएको छ । शनिवार सहकारीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ११ का वडा अध्यक्ष नवराज भुषालले सहकारीको रकमलाई सहि रुपमा सहि ठाउमा लगानी गर्नुपर्ने बताउनुभयो । अर्थतन्त्रको मेरुदण्डको रुपमा सहकारीलाई लिइएको भन्दै स्थानीय सरकारले सहकारीको संरक्षण, र प्रवर्द्धनमा ध्यान दिएको उल्लेख गर्नुभयो । शितगंगा नगरपालिकाले नगरभित्र कृषकको उत्पादन लागतको आधारममा सिधै किसानले अनुदान पाउने व्यवस्था यसै आर्थिक वर्ष लागु गरेको बताउनु भयो ।

कार्यक्रममा सिद्धारा कृषि तथा पशु विकास महिला सहकारी संस्थाकि अध्यक्ष सुनिता वि.क ले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई यहाँ सम्म पुर्याउन अहोरात्र खट्ने सम्पुर्णलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा लेखा संयोजक गिता गुरुङ लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा पूर्व वडा अध्यक्ष ईन्द्र बहादुर पल्ली, संस्थापक कोषाध्यक्ष कमला थापा, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष सुनिता वि.क को अध्यक्षतामा भएको कार्यक्रम सस्थाका सचिव सिमा पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *