सञ्चार क्षेत्रको समस्या न्युनिकरण गर्न नगर प्रतिबद्ध छः मेयर अर्याल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले सञ्चार क्षेत्रको समस्या न्युनिकरण गर्न नगर प्रतिबद्ध रहेको बताउनुभएको छ । अन्य व्यवसाय जस्तै कोरोना कालपछि सञ्चार क्षेत्रपनि आर्थिक सङ्कटमा परेकोमा आफु अवगत रहेको भन्दै उक्त समस्या समाधान गर्न नगरले सक्ने सहयोग गर्ने बतउनुभयो ।

आगामि आर्थिक वर्षको निति तथा कार्यक्रमको लागि आज नगरपालिकामा नगरभित्रका सञ्चारकर्मी सङ्ग भएको अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नगरका मात्र नभएर जिल्लाभरका हरेक सञ्चारकर्मीलाई बचाउनको लागि पालिकाले नियम र कानुनले मिले सम्म सहयोग गरिरहेको भन्दै त्यसलाई अझ खुला गरेर जाने विश्वास दिलाउनुभयो ।

फरक प्रसङ्गमा सञ्चारकर्मीले राखेका प्रश्नहरुको सम्बोधन गर्दै मेयर अर्यालले कहिँकतै अनियमितता भएको प्रमाण लिएर आए आफु तुरुन्त कारबाहीमा उत्रने समेत बताउनुभएको छ । स्थानीय तहको कुनैपनि काममा आर्थिक अनियमितता नभएको दाबी गर्दै यदि कसैले प्रमाण सहित पुष्टि गर्न आउछ भने आफुले तत्काल कानुनी कारबाहीको लागि एक्सनमा उत्रने बताउनुभयो ।

No description available.

त्यस्तै कार्यक्रममा नगर प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले आगामि आर्थिक वर्षको लागि पालिकाले ‘ब्राण्ड बाणगङ्गा बिलिभ बाणगङ्गा’ भन्ने नारालाई मध्यनजर गर्दै बजेट विनियोजन गर्ने बताउनुभयो । सञ्चारकर्मी, सञ्चार गृह र सम्पुर्ण सञ्चार क्षेत्रको संरक्षण, अनुगमन, निरिक्षण र नियमन गर्नको लागि पालिका एउटा विशेष योजना ल्याउने तयारीमा रहेको समेत उहाँले जानकारी गराउनुभयो ।

No description available.

कार्यक्रमा सञ्चारकर्मीहरुले सञ्चार गृह र सञ्चारकर्मी अहिले अत्याधिक आर्थिक सङ्कटमा परेको भन्दै माथि उकास्न, जिल्लाका सम्पुर्ण सञ्चारकर्मीको पक्षमा काम गर्नुपर्ने, रेडियो, टेलिभिजन र पत्रिका मात्र नभएर अनलाइनमा आवद्ध सञ्चारकर्मीलाई पनि बचाउनुपर्नेमा जोडदार माग उठेको थियो । उनीहरुले पालिकाका समाग्री उत्पादन तथा प्रकाशनमा गुणस्तरियता जाँचको समेत माग उठाएका थिए ।

कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरी, नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी, नगरका कर्मचारी, नगरभित्रका सक्रिय सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *