जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा वडा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रम सम्पन्न भएका छन । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता, पोशाक तथा श्रव्यदृष्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।
प्रभाकर माध्यमिक विद्यालय र रिकोट माध्यमिक विद्यालयमा कक्षा ६ देखी १० सम्म अध्यनरत विद्यार्थीहरु बीच हाजिरीजवाफ प्रतियोगिता भएको हा । त्यस्तै अर्को कार्यक्रम अन्तर्गतन विद्यालयले सिफारिस गरे अनुसार वडा भित्रका १० वटा विद्यालयका दलित, जनजाति, अपाङ्ग, गरिब विपन्न, जेहेन्दार विद्यार्थीहरुलाई पोशाक, प्रत्येक विद्यालयका बालविकास कक्षाको लागी स्मार्ट टि.भि प्रदान गरिएको वडा अध्यक्ष दुर्गा बहादुर वि.सी. ले जनहित अनलाइन सङ्ग बताउनुभयो ।
त्यास्तै सोहि कार्यक्रममै वडा भित्र रहेका २०८० चैत्र मसान्त भित्र ८४ वर्ष पुगेका ६ जना वृद्धवृद्धाहरुलाई आर्थिक सहयोग समेत गरिएको थियो ।


वडाध्यक्ष बहादुर वि.सी.ले विकासको पूर्वाधार नै शिक्षा भएकोले गुणस्तरिय शिक्षा वृद्धि गर्न वडा परिवार लागि परेको बताउनु भयो । बजेट अभावका कारण सोचे जस्तो काम हुन नसकेको स्विाकार गर्दै आगामी आर्थिक वर्षमा शिक्षामा महत्वपूर्ण योजना ल्याउने बताउनु भयो ।
कार्यक्रममा वडा सदस्य टान बहादुर वि.सी. ले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम बाबुराम वि.सी. को स्वागत, तुलसा वि.सी. को सहजिकरण तथा वडा सचिव रामु आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।






