जनहित अनलाइन, कपिलवस्तु । पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले विचार गोष्ठी तथा चियापान कार्यक्रम गरेको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै राप्रपा केन्द्रिय सदस्य ध्रुब रायमाझीले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सरकारले कन्जुस्याई गर्न नहुने बताउनुभयो । राष्ट्र निर्माता शाहलाई सधै सम्झिन पनि एकता दिवस मनाउनुपर्ने उहाँले बताउनुभयो ।
त्यस्तै केन्द्रिय सदस्य पुष्पा रजौरिया, प्रमोद मिस्र, केन्दिय सल्लाहकार तथा पुर्व जिल्ला विकाश समितिका सभापति कृष्ण बहादुर चौधरी, लुम्बिनी प्रदेश सदस्य दिपक रजौरिया, देवेन्द्र श्रीवास्ताव, कनिज रगरेज लगायतले पृथ्वीनारायण शाहको विभिन्न आयाम बारे प्रकाश पार्नु भएको थियो ।
पृथ्वी नारायण शाहको फोटोमा फुल माला र अभिर लगाई सुरुवात गरिएको कार्यक्रममा साहित्यकार पशुपतिमणी त्रीपाठी, शयम प्रकाश श्रीवास्तावले गजल वाचन गर्नु भएको थिया ।


कार्यक्रममा विशव हिन्दु परिषद अध्यक्ष लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । जिल्ला कार्यवाहक अध्यक्ष ईदिर्स मुसलमानको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला उपाध्यक्ष चन्द्र भन्डारीको स्वागत तथा सचिव प्रेम शकर सुक्लको सञ्चाmनमा सम्पन्न भएको थियो ।




