मोडल हन्ट नेपालको उपाधिको लागि ४८ जनाले प्रतिस्पर्धा गर्ने (तस्बिरसहित)

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ। ‘जोय मोडल हन्ट नेपाल २०२५’को फिनालेमा ४८ प्रतियोगी भिड्ने भएका छन् । नेपालकै बृहत् मानिएको प्रतियोगिता मोडल हन्ट नेपालको नवौं सिजन हो । फिनालेका लागि अडिसनबाट ३० फिमेल र १८ मेलसहित ४८ प्रतियोगी छनोट गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जनाइन् ।

छानिएका प्रतियोगी एक महिनाको प्रशिक्षणसहित फिनालेको तयारीमा लाग्नेछन् । व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ । कोरियोग्राफी सविता कार्कीले गर्नेछिन् ।

विजेताले ५ लाख नगद पुरस्कारसहित सेप्टेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

व्यवसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ९ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेका आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *