कपिलवस्तु । भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री बलराम अधिकारी पदभारपछि पहिलो पटक गृह जिल्ला कपिलवस्तु आउँदै छन् । मन्त्री अधिकारी भोलि शुक्रवार जनताका गुनासा र सुझाव सुन्न कपिलवस्तु आउन लागेको उनको सचिवालयले जनाएको छ ।
मन्त्री अधिकारीले शुक्रवार दिउँसो १२ बजे शुद्धोधन गाउँपालिकाको लवनीमा हुने भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । यसै गरी दिउसो १ बजे पकडी चोक र २ बजे तौलिहवा सदरमुकानमा प्रशासनिक भेटघाटको कार्यक्रम रहेको छ । शुक्रवारनै पार्टी कार्यालयमा पार्टी कार्यकर्तासँग छलफल हुने सचिवालयले जनाएको छ ।
यसै गरी शनिवार विहान १० बजे बाणगंगा नगरपालिका, दिउँसो १ बजे बुद्धभूमि नगरपालिका, दिउँसो २ बजे महाराजगन्ज नगरपालिका, ३ बजे कृष्णनगर नगरपालिका ४ बजे विजयनगर गाउँपालिकामा समेत भेटघाटको कार्यक्रम रहेको छ । साँझ ५ शिवराज नगरपालिकाको चन्द्रौटामा स्थानीयसँग छलफल हुने कार्यक्रम छ ।
भेटघाटका क्रममा मन्त्री अधिकारीले भूमिहिन तथा भूमि सम्वन्धी समस्या भएका जनताका समस्या र जिल्लाको समग्र विकासको योजनाको विषयमा छलफल हुने जनाईएको छ ।

