मन्त्रीको पदभारपछि पहिलो पटक गृह जिल्ला आउँदै अधिकारी

कपिलवस्तु । भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री बलराम अधिकारी पदभारपछि पहिलो पटक गृह जिल्ला कपिलवस्तु आउँदै छन् । मन्त्री अधिकारी भोलि शुक्रवार जनताका गुनासा र सुझाव सुन्न कपिलवस्तु आउन लागेको उनको सचिवालयले जनाएको छ । मन्त्री अधिकारीले शुक्रवार दिउँसो १२ बजे शुद्धोधन गाउँपालिकाको लवनीमा हुने भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । […]

‘वित्तीय संस्था र व्यवसायी बीच बढ्दै गएको द्वन्दलाई समाधान गर्न आवश्यक’

चेतन विष्ट, कपिलवस्तु । पछिल्लो समय वित्तीय संस्था र व्यवसायी बीच बढ्दै गएको द्वन्दलाई समाधान गर्न आवश्यक रहेको कपिलवस्तुका उद्यगी व्यवसायी तथा वित्तीय संस्थाहरुले जोड दिएका छन । व्यवसायी र वित्तीय संस्था बीच नङ र मासुको जस्तै सम्बन्ध हुने र त्यहि सम्बन्धले नै आर्थिक क्षेत्रलाई प्रवर्द्धन गर्न सहयोग पुर्याउने भएकाले दुई क्षेत्र बीचको सम्बन्ध बलियो […]

रुसी सेनामा कार्यरत थप ७ जना नेपालीकाे ज्यान गयाे

काठमाण्डाै । रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ज्यान गुमाउनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेको पुष्टि भएको मन्त्रालयले आज जानकारी दिएको हो । साथै मन्त्रालयले परम्परागत सम्झौताअन्तर्गत केही देशका […]

दाङमा उपचारका क्रममा बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

दाङ । दाङको घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा उपचारका क्रममा बालकको मृत्युपछि आक्रोशित आफन्त र प्रहरीबीच बिहीबार झडप भएको छ । सडकमा प्रदर्शन गरी घोराही(लमही सडक अवरुद्ध गरिरहेका मृतकका आफन्त र प्रहरीबीच ढुंगा र लाठी हानाहान भएको छ । भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मृतकका आफन्तले अस्पतालमा ढुंगामुढा र तोडफोड गरेका छन् […]

लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं । लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनु भट्टराईले कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । शहरमा लिभिङ टुगेदरमा बस्नेहरुको संख्या बढ्दै जाँदा विभिन्न समस्या देखिएको भन्दै अधिवक्ता […]

एमाले लुम्बिनीले ८६ हजार पार्टी सदस्यको परीक्षा लिने

रुपन्देही । नेकपा एमाले लुम्बिनीले प्रदेशमा रहेका ८६ हजार २ सय ६० जना सदस्यको एकै पटक परीक्षा लिने भएको छ । पार्टी सदस्यहरूलाई नीतिगत तथा अन्य जानकारी दिलाउने उद्देश्यले यस प्रकारको नयाँ कार्यक्रम थालिएको एमालेको भनाइ छ । यहीँ चैत ५ गते हुने यस्तो परीक्षामा सदस्यको क्षमता अनुसारको प्रश्न तयारी गरिएको छ । निष्क्रिय सदस्यलाई […]

फेस गर्न नसक्ने भएपछि अधिवेशन अन्त्य गरेको एमाले लुम्बिनीको आरोप

बुटवल। तीन दिनमात्रै चलेको लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेको पत्र विहिबार प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयलाई पठाएको हो । मुख्यमन्त्री डिल्ली चौधरीले फेस गर्न नसक्ने भएपछि सदन छल्न अधिवेशन नै अन्त्य गरेको एमालेले आरोप लगाएको छ । चैत […]

जिप दुर्घटना अपडेट: आठको मृत्यु, सबैको सनाखत

टक्सार । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ ।  मृत्यु हुनेमा इटहरी-९ का चालक ४० वर्षीय मानबहादुर […]

शितगङ्गा १३ मा वडा स्तरीय शिक्षा समिति गठन

जनहित अनलाइन, कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर १३ मा वडा स्तरीय शिक्षा समिति गठन गरिएको छ । बुधबार वडा अध्यक्ष दुर्गा बहादुर वि.सी. को संयोजकत्वमा समिति गठन गरिएको हो । जसको सदस्यहरूमा महिला जनप्रतिनिधिको तर्फ बाट तुलसा भाट, श्री प्रभाकर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष नुन बहादुर वि.सी. शिक्षक ऋषि राम वि.सी, दिपक […]

आठ महिनामा सरकारले उठायो छ खर्ब ६१ अर्ब राजश्व

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन मसान्तसम्म ६ खर्ब ६१ अर्ब राजश्व संकलन गरेको छ । महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार गत आवको समीक्षा अवधि भन्दा ७।१३ प्रतिशत बढी राजश्व संकलन गरेको हो । गत आवको समीक्षा अवधिमा ६ खर्ब १७ अर्ब राजश्व संकलन गरेको थियो । चालु आवको ८ महिनामा […]