सडक दुर्घटनामा परी कुवेतमा ३ नेपालीको मृत्यु

काठमाडौँ । कुवेतमा सडक दुर्घटनामा परी ३ जना नेपाली युवाले ज्यान गुमाएका छन् । सोमबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सिसाइड रोडमा बाटो काट्ने क्रममा कारले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा काठमाडौंका सुजन कार्की, अछामका सुरतबहादुर कठायत र धनुषाका धीर गुर्मछान मगरको मृत्यु भएको हो । पापाजोन कम्पनीमा कार्यरत उनीहरूलाई कुवेती नागरिकले चलाएको […]

धरानबाट भोजपुर जाँदै गरेको जिप उदयपुरमा दुर्घटना : ७ जनाको मृत्यु, ७ घाइते

भाेजपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार जाँदै गरेकाे जीप दुर्घटनामा परि ज्यान गुमाउनेकाे सङ्ख्या सात जना पुगेकाे छ । जिल्ला प्रहरी कार्यालय भाेजपुरका अनुसार दुर्घटनामा परि एक बच्चा, तीन पुरुष र तीन महिलाको ज्यान गएकाे छ । को १ ज २५९३ नम्बरको जीप दिउँसाे साढे १ बजेतिर उदयपुरको बेलका नगरपालिका–७ बाखाकुवामा दुर्घटना भएको हो । दुर्घटनामा […]

सर्लाहीमा मन्दिर तोडफोड गरेको आरोपमा एकजना पक्राउ

जनकपुरधाम । सर्लाहीमा मन्दिर तोडफोड गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-८ का ३३ वर्षीय राकेश बैठा छन् ।सदरमुकाम मलंगवास्थित दुई मन्दिर तोडफोड गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । मलंगवा नगरपालिका-८ स्थित राजदेवी मन्दिर र वडा नं। -९ स्थित झिलमिलिया माई मन्दिरभित्र रहेको मूर्ति तोडफोड गरेको आरोपमा बैठालाई पक्राउ […]

काम छोडेर ठेकेदार सम्पर्कविहीन भएपछि कुटवा खोला पुल निर्माण अलपत्र

घोराही। घोराही उपमहानगरपालिका–१७ को गैरागाउँ–घनिबगिया सडकखण्ड अन्तर्गत कुटवा खोला पुल निर्माण कार्यको काम अलपत्र परेको छ । २०७९ पुस १३ गतेसम्म पुल निर्माणको काम सक्ने गरी २०७८ असार १४ गते पूर्वाधार विकास कार्यालय दाङ र महादेव खिम्ती/अञ्जना/जलजला जेभी काठमाडौँका बिचमा सम्झौता भएको थियो । करिब चार करोड १७ लाख २४ हजार रुपियाँमा पुल निर्माणको सम्झौता गरेको निर्माण कम्पनीको […]