ब्राइट लुम्बिनीमा जापनीज प्रतिनिधि सहितको सेमिनार सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । शैक्षिक क्षेत्रमा लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) बाणगंगा कपिलवस्तुमा निःशुल्क जापनीज सेमिनार तथा अन्तरक्रिया सम्पन्न भएको छ । जापान जान चाहाने विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै सञ्चालन गरिएको १ दिने सेमिनार विभिन्न विषयमा छलफल गर्दै सम्पन्न भएको संस्थाका प्रमुख असिम क्षेत्रीले जानकारी दिनुभएको छ ।

प्रमुख क्षेत्रीले अन्तरक्रिया बाट विद्यार्थीहरुमा सकारात्मक प्रभाव परेको भन्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

No description available.

सेमिनारमा विगत २० बर्ष देखि वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुलाई जापानीज फुड कम्पनीका परामर्शदाताले प्रशिक्षण दिएका थिए । फुड कम्पनीका प्रमुख तथा सेमिनारका प्रशिक्षक एकिनोरी हिरोमुराले सिकारुहरुको प्रश्न तथा जिज्ञासाहरुलाई सम्बोधन गर्दै परामर्शदाताले अध्ययनका लागि जापान जाने बिद्यार्थीहरुलाई भाषा अध्ययन, कागजात तयार, निवेदन पठाउने कार्य, लाग्ने शुल्क लगायत सम्पुर्ण गतिविधिहरुबारे जानकारी गराउनुभएको थियो । त्यस्तै उहाँले जापानी भाषा अन्तरगत एन फोर पास गरेका विद्यार्थीहरुको अन्तरवार्ता समेत लिनुभएको थियो ।

No description available.

त्यस्तै उक्त जापानीज फुड कम्पनीका एच आर प्रमुख मुकुन्द आचार्यले जापान पुगिसकेपछि हुने सम्पुर्ण क्रियाकलापको बारेमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा जापानीज प्रतिनिधि र नेपाली विद्यार्थीहरु बिच भाषाको अनुवाद ब्राइट वोर्ल्ड एजुकेसनका प्रमुख कमल गौतमले गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

No description available.

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *