बाणगङ्गा ८ मा सार्वजनिक सुनुवाइ सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ को सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा भए गरेका कार्यक्रमहरुको प्रगति विवरणलाई वडावासी माझ पुर्याउने उद्देश्यले सार्वजनिक सुनुवाइ गरिएको वडा अध्यक्ष बाबुराम अर्यालले बताउनुभयो ।

आर्थिक वर्ष २०८०/८१ मा वडा भित्र भएको कामहरुको प्रगति प्रस्तुत गर्दै उहाँले वडावासी सन्तुष्ट हुनेगरि काम गर्न वडा परिवार लागिरहेको बताउनुभयो । त्यस्तै सहभागी बाट उठेका प्रश्नहरूको सम्बोधन गर्दै वडा अध्यक्ष अर्यालले बजेट अभावले स्थानीयको चाहाना बमोजिम काम गर्न नसकेको स्विकार गर्नुभयो । आफुले सम्पुर्ण क्षेत्रलाई उत्तिकै प्राथमिकता दिएर काम गरिरहेको पनि उहाँले बताउनुभयो ।

No description available.

त्यस्तै वडा सचिक गोबिन्द आचार्यले पञ्जिकरण तथा सामाजिक सुरक्षाको अवस्थाको बारेमा जानकारी दिदै सो विषयमा उठेका जिज्ञासाहरुको सम्बोधन गर्नुभएको थियो ।

No description available.

त्यस्तै कार्यक्रममा बोल्दै रेडियो हर्टविटका वरिष्ठ उपाध्यक्ष तुलसी प्रसाद अर्याल, हर्टविटका कार्यसमिति सदस्य चक्र भण्डारीले वडा तथा नगरपालिकाले अन्य संघसंस्था सङ्ग सहकार्य गरेर विकास निर्माणका कामहरु गर्नुपर्नेमा जोड दिनुभयो ।

No description available.

त्यस्तै सहभागीहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, तटबन्ध, बाटोघाटो तथा भौतिक पुर्वाधार लगायतका क्षेत्रहरुका समस्यालाई जोडदार रुपमा उठान गरेका थिए । उनीहरुले सामुदायिक वन सङ्ग सहकार्य गर्ने भनेपनि नगरपालिकाले त्यसमा चासो नदेखाएको गुनासो समेत गरेका थिए ।

कार्यपालिका सदस्य शारदा परियार, वडा सदस्यहरु, रेडियो हर्टविटका स्टेशन म्यानेजर अशोक पौडेल लगायतको उपस्थित रहेको कार्यक्रम वडा सदस्य शैलेन्द्र बेल्बासेको स्वागत तथा सञ्चारकर्मी चेतन विष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।

No description available.

No description available.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *