प्रहरीको धर्म बिर्सने छैन: प्रहरी निरीक्षक जि.सी.

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । प्रहरी तथा सुरक्षाकर्मीको धर्मलाई शिरमा राखेर काम गर्ने प्रहरी निरीक्षक लोकेन्द्र बहादुर जि.सी. ले बताउनुभएको छ । भर्खर मात्र इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा सरुवा भइ आउनुभएका जि.सी. ले बुधवार सञ्चारकर्मीहरु सङ्ग भएको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनुभएको हो ।

राष्ट्रि प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज कांठमाडौ बाट सरुवा भइ इलाका प्रहरी कार्यालय पिपरामा प्रमुखको रुपमा आउनुभएका उहाँले आफ्नो सरुवा निश्चित भैसकेपछी बाणगङ्गाको वस्तुस्थिति बारे अध्यन गरेर आएको भन्दै शान्ति सुरक्षा सङ्गै यहाँका प्रमुख समस्या माथि विशेष प्राथमिकता दिएर काम गर्ने बताउनुभयो ।

यता सञ्चारकर्मीहरुको जिज्ञासा तथा सुझावहरुको प्रतिक्रिया दिदै प्रमुख जि.सी. ले आफु कुनैपनी दबाबमा नपरी कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । त्यस्तै केही समय अगाडी बाणगङ्गा ८ का किशोर रासकोटीको विषयलाई आफुले औपचारिक रुपमा नहेरेको भन्दै उक्त विषयमा जिल्ला सङ्ग समन्वय गरेर अगाडि बढ्ने प्रतिक्रिया दिनुभयो । बाणगङ्गाको प्रमुख समस्याको रुपमा रहेका विभिन्न समस्यामा आफु सक्रिय भएर लाग्ने बताउदै समग्र शान्ति सुरक्षाको विषयमा आफू गम्भीर रहेर काम गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा पत्रकार महासंघ पुर्व जिल्ला अध्यक्ष डिला भुषाल, उपाध्यक्ष हरि अधिकारी, लगायत बाणगङ्गाका सक्रिय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *