प्रचण्डलाई मैले प्रधानमन्त्री बनाएको हो, कांग्रेसले विश्वासको मत दिए हुन्छः ओली

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले प्रधानमन्त्री बनाएको भन्दै नेपाली कांग्रेसलाई विश्वासको मत दिन आग्रह गरेका छन् । उनले पोहोर कांग्रेसले भोट नमागी आफै हौसिएर दिएको भन्दै अहिले विश्वासको मत नदिनुको कुनै कारण नभएको बताएका छन् ।

प्रतिनिधि सभामा बोल्ने क्रममा अध्यक्ष ओलीले नयाँ गठबन्धन बनाउनु पर्ने कारणबारे प्रधानमन्त्रीले दिएको तर्क उचित भएको भन्दै कांग्रेसले समर्थन गर्नुपर्ने बताए । ओलीले प्रधानमन्त्री प्रचण्डलाई अहिले विश्वासको मत किन नदिने ? भन्दै नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा उनले पहिले आफूले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा कांग्रेसले विश्वासको मत दिएको स्मरण गरे ।

उनले भने, ‘पोहोर साल मैले प्रस्ताव गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूलाई प्रधानमन्त्री बनाएको थिएँ । नेपाली कांग्रेस भोट नै नमागीकन हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ बेट्री हालेका जस्तो थियो । समर्थन गरेको थियो । अहिलेचाहिँ किन समर्थन नगर्ने भन्या ? पोहोर समर्थन गर्न हुने । उफ्रीउफ्री भाषण गर्नुभएको थियो । यसपटक के भो त्यस्तो फेरि ?’

उनले उस्तै अवस्था र उही व्यक्तिलाई पोहोर समर्थन गर्न हुने, अहिले किन नहुने भनेर प्रश्न गरे । ‘पोहोर पनि नेपाली कांग्रेस त्यतिबेला सरकारमा थिएन । भित्रभित्रै के थियो थाहा छैन’, उनले भने, ‘समर्थन गरेको थियो । अहिले पनि गर्दा हुन्छ ।’ एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *