पौडी खेल्ने क्रममा डुबेर अर्घाखाँचीमा एक बालकको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ जगतका एक बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमबार आज बिहान करिब १०/११ बजेको समयमा दह खोलामा पौडी खल्ने क्रममा डुबेर पदम वि.क. का १४ बर्षिय छोरा कुमार वि.क.को मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबेको अवस्थामा रहेका उनलाईदिउँसो १२ः३० बजेको समयमा उपचारका लागी जिल्ला अस्पताल अर्घाखाँची लागीएको थियो तर डाक्टरहरुको चेक जाँच पछि उनलाई मृत घोषणा गरिएको अर्घाखाँची अस्पताल स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *