पाल्पामा चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

तानसेन, असार ३ गते । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीका ५६ वर्षीय विमलप्रसाद पन्त रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार गएराति ८ बजेतिर परेको चट्याङ लागेर पन्त गम्भीर घाइते हुनुभएको थियो ।

घरमै बसिरहेको बेलामा उहाँलाई चट्याङ लागेर घाइते भएको आफन्तले बताएका  छन् । उहाँको उपचारको क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा गएराति १० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

उहाँ स्थानीय जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *