काठमाण्डौ । चितवनमा भएको मोटरसाइकल दुर्घटनामा एक जना प्रहरी वरिष्ठ हवल्दारको ज्यान गएको छ ।
खैरहनी नगरपालिका वडा नम्बर ८ मा मोटरसाइकल दुर्घटना हुँदा लमजुङको राइनस नगरपालिका–६ धमेलीकुवा घर भएका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठको ज्यान गएको हो । श्रेष्ठ इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत हुनुहुन्थ्यो । –उज्यालो खबर


