जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघले आजदेखि सुरु गरेको ढक तराजु तथा डिजिटल काटा नबिकरण तथा चेक जाँचमा आज पहिलो दिन करिब १ सयको जाँच गरिएको छ । सेवाग्राही मारमा नपरुन र व्यवसायी आफ्नो व्यवसाय प्रति जिम्मेवार बनुन भन्ने उद्देश्यले चेकजाँच कार्यक्रम सञ्चालन गरिएको संघका महासचिव नवदत्त घिमिरेले जनहित अनलाइन सङ्ग बताउनुभयो ।
बुधवार देखि संघको कार्यालय चारनम्बर जितपुरमा सुरु भएको उक्त कार्य भोलि विहीवार सम्म सञ्चालन हुनेभएकाले सम्पुर्ण व्यवसायीहरुलाई आफ्ना ढक तराजु तथा डिजिटल काँटा जाँच गराउन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रम नेपाल गुणस्तर तथा नापतौल कार्यालय बुटवलको सहकार्यमा गरिएको संघले जनाएको छ ।





