कपिलवस्तुमा पोखरीमा डुबेर ३ बर्षीय बालकको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन कपिलवस्तु । कपिलवस्तुमा बारीमा सिचाई गर्न बनाइएको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।

मायादेवी गाउँपालिका–३ चौदाहवा निवासी प्रदीप पत्थरकट्टको ३ वर्षीय छोरा अनुजको आफ्नै बारीमा रहेको पोखरीमा डुबेर सोमवार दिउसो १ बजेतिर मृत्यु भएको हो।

दुवै खट्टा नचल्ने अपाङ्गता रहेका बालक हातले हिँडेर खेल्ने क्रममा पोखरीमा खसेको इलाका प्रहरी कार्यालय पकडीमा निरीक्षण कमल क्षेत्रीले बताए।

पोखरीमा डुबेको देखेपछि छोरालाई आमा अमृताले बाहिर निकाले पनि अनुजको पोखरी मै मृत्यु भइसकेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *