जनहित अनलाइन, कपिलवस्तु । श्रीमतीको हत्या गरि शवलाई भान्सा कोठमा गाड्ने श्रीमान पक्राउ परेका छन । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ४ पातलेपोखरामा बस्ने ३४ वर्षकी सुमित्रा कुमाल गुरुङलाई उनकै श्रीमान ३६ वर्षका किरण गुरुङले हत्या गरेका हुन । गुरुङले श्रीमतीको हत्या पश्चात घटना लुकाउने नियतले शवलाई भान्सा कोठामा खाडल खनेर गाडेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
गुरुङकि ९ वर्ष कि एक छोरी छिन । प्युठान घर भएपनि विगत ८ वर्षदेखि उनीहरु अर्घाखाँचीमा बस्दै आएका थिए । श्रीमती सगँ सामान्य घरझगडा भएपछि उनले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । बाँसको लाठि तथा हँसियाको पछाडिको भागले शरीरका विभिन्न अङ्गमा हानेर उनले हत्या गरेका थिए । छिमेकी र माइती परिवारले सुमित्रालाइ कतै नदेखे पछि प्रहरीलाइ खोजि दिन आग्ह गरेका थिए । शव सडेर बाहिरै गन्ध आउने भैसकेपछि संका लागेर भान्सा कोठा खन्दा शव फेला परेको जनाइएको छ । उनका श्रीमानलाई पक्राउ गरी थप अनुशनधान भैरहेको छ ।


